हेमन्त पाठक
असोज १५ प्यूठान
माण्डवी गाउँपालिका ५ आपचौर निवासी दिपक सुनारलाई हामी नेपाली हाम्रो नेपाल समुहले आर्थिक सहयोग गरेको छ । लामो समय देखी सुगर रोगले थला परेका सुनारलाई उपाचारका लागि आर्थीक सहयोग गरेका समुहका संचालक महेश रावतले बताए ।
बुटवलको लुम्विनी सिटि हस्पीटलमा उपचारारत सुनारको परिवारलाई समुहका सदस्य प्रकाश सुवेदी,हेमन्त पाठक,राजन पोख्रेल, अनमोल भट्ट,प्रविन विष्ट लगाएतको टोलिले मंगलबार रु १० हजार हस्तान्त्रण गरेको गरेको हो ।आर्थिक आबस्था निकै कमजोर भएको कारण उपचार हुन नसेकाका ३२ वर्षे सुनारको उपचारका लागि आर्थिक जुट्न थाले पछी हाल बुटवलमा उपचार भैरहेको सुनारका बुवा चित्र बहादुर सुनारले बताए ।
हामी नेपाली हाम्रो नेपाल समुहले विभिन्न दुखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
दिपक सुनारको उपचारका लागि हामी नेपाली हाम्रो नेपाल समुह द्धारा आर्थीक सहयोग
