माण्डवीमा पर्यटन प्रबर्द्धन गर्न समिति गठन
 १५ फाल्गुन २०७७, शनिबार

माण्डवीमा पर्यटन प्रबर्द्धन गर्न समिति गठन

   २२ आश्विन २०७७, बिहीबार १४:०७ प्रकाशित

प्युठान, २२ असोज ।

माण्डवी गाउपालीका वडा नं १ स्थित त्रिवेणी धामको समग्र विकास, पर्यटन प्रबर्द्धन, योग ध्यान साधना, पिकनिक स्पोर्ट वालउद्यान निर्माण गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ ।त्रिवेणी सामुदायीक ग्रामिण विकास संस्था देविस्थान कुमाल्टरको आयोजनामा कार्यक्रम गरिएको हो । त्रिवेणी सामुदायिक ग्रामिण संस्थाका अध्यक्ष रामचन्द्र पौडेल अध्यक्ष्यता , माण्डवी गाउँपालिका उपाध्यक्ष मुगा पुन अतिथिहरु माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाल,नेपाल कम्युनिष्ट पार्टी( नेकपा )माण्डवी गाउपालीका अध्यक्ष नवराज अधिकारी (रोसन), माण्डवी गापा वडा नं १ का वडा सदस्य रुमन ठेडी ,गाउपालीकाका कर्मचारी लगाएत स्थानीय जन समुदायको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमले अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा ९ सदस्यीय त्रिवेणीधाम क्षेत्र विकास समिति गठन गरीएको छ । जसको उपाध्यक्ष अम्मरराज अधिकारी, सचिव उत्तम पौडेल ,सह-सचिव हेमराज अधिकारी, कोषाध्यक्ष मुगा ठेडी सदस्यहरुमा युवराज अधिकारी, बामदेव अधिकारी,डिला कवर,ईश्वरा अधिकारी रहनुभएको छ ।
कार्यक्रममा माण्डवी गापाका प्रमुख प्रशासकिय अधिकृत रिजालले त्रिवेणी धामको समग्र विकास गर्न सकेमा पर्यटन
प्रबर्द्धन स्थानीय युवाहरुलाई रोजगारीको वातावरण सृजना हुने, त्रिवेणी धामको समग्र विकासको लागि गाउँपालिका सधै साथमा रहने कुरा व्यत्त गर्नुभयो । त्यस्तै प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष पुनले स्थानीय सरकारले स्थानीय क्षेत्र भित्र रहेका पर्यटकीय र धार्मीक क्षेत्रको विकास गर्न सधै साथमा रहेको कुरा व्यक्त गर्नुभयो ।

+ posts