लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको परिकल्पना अनुरुप नै राप्ती उपत्यका देउखुरीको समग्र विकास प्रक्रिया अघि बढ्छ : सूर्य थापा
 ५ कार्तिक २०७७, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको परिकल्पना अनुरुप नै राप्ती उपत्यका देउखुरीको समग्र विकास प्रक्रिया अघि बढ्छ : सूर्य थापा

   २२ आश्विन २०७७, बिहीबार १४:३६ प्रकाशित

यतिबेला साविकको ५ नं प्रदेश अहिले बनेको लुम्बिनि प्रदेशको राजधानि कहाँ बनाउने र बनाएको भन्ने विषयले मुलुकभरको राजनीति तरङ्गित जस्तै छ । कतै टायर जलाएर कालो दिन मनाइरहेको छन त कतै स्वागत स्वरुप दिपावली मनाए पनि । ५ नं प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा तात्तिएको गर्मागर्मिसँगै आखिर दाङको देउखुरी उपत्यकामा बनाउने बहुमत सहित निर्वाचन प्रक्रियाबाट टुङ्गिएको छ ।

यसै विषय लगायत समसामयिक राजनितिक विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार, एवं एवं केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता सुर्य थापासँग नेपाली रेडियो नेटवर्कका लागि२०७७ असोज २१ गते बिहान ऋषि धमलाले लिनुभएको अन्तर्वार्ता)

सूर्य थापाजी तपाईंलाई नेपाली बहसमा स्वागत गर्न चाहन्छु ।

धन्यवाद ऋषि धमलाजी !

स्वास्थ्यस्थिति कस्तो छ, कोरोना संक्रमित हुनुभएको छ ?

रिपोर्ट पोजिटिभ आएको छ । खासमा लक्षणहरु जुन देखिन्छन् भनिएको छ, त्यस्तो केही लक्षण देखापरेको स्थिति छैन ।

लक्षणहरु केही देखा परेनन् है ? स्वास्थ्य एकदम ठीक छ ?

ठीक त अब कसरी भन्ने ? पोजिटिभ रिपोर्ट आएको हुनाले होम आइसोलेसनमा बसिराखेको हुँ ।

अब मलाई के बताउनुस् भने प्रदेश नं. ५ को नाम लुम्बिनी, राजधानी राप्ती उपत्यका, देउखुरी भयो । त्यसमा तपाईको पार्टीको सर्वसम्मत मत हो त नेपाल कम्युनिष्ट पार्टीभित्र ?

तपाईंले कही विवाद देख्नुभयो र ? कँही असहमति देख्नुभयो र ? कँही समस्या देख्नुभयो र ?

समस्या त आयो नि । तपाईंलाई थाहा छ, बुटवलमा उद्योगपत्ति व्यापारीले त पार्टी छाडे …?

तपाईंले कहाँको सूचनाका आधारमा कुरा गर्नुभयो ? योचाहिँ व्यापारीले, उद्योगपतिले, तपाईंले र मैलेभन्दा पनि प्रदेश सभाले तीन चौथाईभन्दा बढी मतले निणर्य गरेको विषय हो ।संविधान र कानूनबमोजिम प्रदेश सभाको अधिकार क्षेत्रभित्रको विषय हो । बहस छलफलका क्रममा विभिन्न तर्कहरु र छलफलहरु त हुन्छन् । विभिन्न आग्रहहरु पनि हुन्छन् । बुटवलका साथीहरुले बुटवलमा स्थायी राजधानी हुनुपर्छ भनेर माग गर्दा के अनौठो कुरा भयो र ? उहाँहरुले माग गर्नुभयो र प्रयास पनि अन्तिमसम्म नै गर्नुभयो ।

उहाँहरुले आफ्ना तर्फबाट तर्क पैरवी गर्नुभयो । उहाँहरुले बहस गर्नुभयो । अरु ठाउँका साथीहरुले अरु ठाउँमा हुनुपर्छ भनेर प्रयास गर्नुभयो । प्रदेश सभाले गठन गरेको विशेष समितिले १२ वटै जिल्लामा अध्ययन गरेर, राय, सल्लाह, सुझाव लिएर र सबैको अभिमत लिएपछि पहिलो यही राप्ती आसपासकोे क्षेत्र भालुवाङ, दोस्रो बुटवल र तेस्रो कपिलबस्तुको बुद्धभूमि आसपासको क्षेत्रलाई राजधानीका लागि प्रस्ताव गर्नेगरी तीनवटा विकल्पहरु प्रस्तुत गरेको पनि थियो ।

तीनवटा विकल्पहरु त आए, तर पनि देउखुरी नै भयो । देउखुरीको बारेमा त तपाईंको पार्टीभित्र विवाद भयो नि त ?

पहिलो विकल्प जहाँ प्रस्तुत भएको थियो, प्रदेश सभाको तीन चौथाइ बहुमतले त्यसमै निणर्य गर्‍यो । जबकि दुइतिहाइ बहुमत भए पुग्थ्यो । यति भारी मतले देउखुरी खासगरी चारवटा जिल्ला दाङ, अर्घाखाँची, प्यूठान र कपिलबस्तुको संगम क्षेत्रलाई, राप्ती उपत्यकाको तटीय क्षेत्रलाइ बृहत्तर राजधानीका रुपमा अगाडि बढाउने, त्यसको विकासलाई अगाडि बढाउँने, पूर्वाधार निर्माण गर्ने गरी स्थायी राजधानीको निणर्य भएको छ, यो ऐतिहासिक निणर्य हो ।

त्यतिञ्जेलसम्म अस्थायी राजधानीका रुपमा बुटवलबाटै काम गर्ने र योजनाबद्ध ढंगले सुन्दर र स्वप्निल शहर बनाउने बृहत्तर राजधानीको अवधारणाअन्तर्गत नै अत्यावश्यक पूर्वाधार विकास गरिसकेपछि प्रदेश सभाको निणर्य भएको ठाउँबाट राजधानी संचालन गर्ने कुरा त मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा संबोधन गर्दा स्पष्ट गरिसक्नु भएको नेपाली रेडियो नेटवर्कका लागि२०७७ असोज २१ गते बिहान ऋषि धमलाले लिनुभएको अन्तर्वार्ता)

गार्‍हो छ नि सूर्य थापाजी ! अझै पूर्वाधारकोे लागि कति खर्च हुुने हो ? अबौं खर्च हुन सक्छ, बगरमा लगेर तपाईंहरुले राजधानी राख्दिनुभएको छ ?

देश विकास गर्न, देशको कायापलट गर्ने र पूर्वाधार निर्माण गर्ने काममा खर्च त अवश्य लाग्नसक्छ, लगानी गर्नुपर्ने त हुनसक्छ नै । यो तपाईंले कुन नयाँ कुरा गर्नुभयो र ? संसारभरी नै विकास र पूर्वाधार निर्माण लगानीबेगर कहाँ भएको छ र ?

त्यसो भए तपाईं मलाई बताउनुहोस्, तपाईंको पार्टीभित्र विवाद छैन ? तपार्इंले यसो भनिराख्दा १४ जना सांसदले असन्तुष्टि व्यक्त गरे प्रदेश सभा संसदीय दलमा ? उनीहरुले नोट फ डिसेन्ट लेखे, होइन र ?

छलफलको क्रममा संसदीय दलको बैठकमा आफ्ना मत/अभिमतहरु राख्ने कुरा त भइहाल्छ । त्यस क्रममा जस्तोकि कपिलबस्तुबाट निर्वाचित सांसदहरुले तेस्रो विकल्प कपिलबस्तुमा, रुपन्देहीबाट निर्वाचित सांसदहरुले दोस्रो विकल्प रुपन्देहीमा र अरुचाहिँ धेरै सांसदहरुले पहिलो विकल्प भालुवाङ आसपासको क्षेत्रमा राजधानी बनाउनु राम्रो हो भनेर तर्कबहस गर्दा राखिएका मत/अभिमतहरुको बारेमा तपाईंले आज विवाद भएको भनेर दृष्टिकोण बनाउनु भएन नि ! तपाईंले यो धेरै पुरानो र बासी भइसकेको कुरा गर्नुभयो ।

होइन, त्यसो भए मलाई बताउनुस् न ! तपाईंको पार्टीभित्र यस विषयमा शंकर पोखरेलले जित्नुभयो, विष्णु पौडेलले हार्नु भयो । यो सही हो कि होइन ?

यस्तो हिसाबकिताब गर्ने फुर्सदिला साथीहरुको काम होला, जसले गरिराख्नुहोस् । कुरा के हो भने यो प्रक्रिया अगाडि बढाउने सन्दर्भमा मैले भनेको नै थिएँ, प्रदेशको नामाकरण र राजधानी निर्धारणको विषयमा हाम्रो पार्टीका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल र मुख्यमन्त्री शंकर पोखरलले यस विषयमा अहिले प्रस्ताव अघि बढाउने भनेर त उन्नत टुंगोमा पुर्‍याउने गरी उहाँहरुको बीचमा आन्तरिक सम्झदारी भएको थियो । मतहरु त आफ्नाआफ्ना हुने भए ।

विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवलमा राजधानी हुनुपर्छ भनेरै अडान राख्नुभएको थियो । उहाँको असहमति पछि र अन्तिमसम्म पनि सार्वजनिक नै थियो । उहाँ त्यही अडानमै कायम हुनुहुन्थ्यो । मुख्यमन्त्रीज्यूले यो समग्र प्रक्रियाको नेतृत्व गर्नुभयो । पार्टी नेतृत्वलाई कन्भिन्स गर्

+ posts