मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम : स्थानीय स्तरमा पुगेर अन्तर्किया कार्यक्रम
 ९ कार्तिक २०७७, आईतवार

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम : स्थानीय स्तरमा पुगेर अन्तर्किया कार्यक्रम

   २७ आश्विन २०७७, मंगलवार ०६:३५ प्रकाशित

अावाज पाेष्ट
प्युठान, २७ असोज ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तगत माण्डवी गाउपालीकाले चालु आर्थिक बर्ष ०७७/०७८ को योजना तथा कार्यक्रम बनाउनका लागी स्थानीय स्तरकै जनता समक्ष पुगेर अन्तर्किया कार्यक्रम गरिएको छ ।माण्डवी गाउपालीकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता , माण्डवी गापा वडा नं ५ का वडा अध्यक्ष दुर्गा आचार्य वडा सदस्य ईश्वर थापा , प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजाल ,मुख्यमन्त्री ग्रामिण विकाश तथा रोजगार कार्यक्रमका मनोनित सदस्य श्रीकुमार शर्मा , सम्झना घर्तीको उपस्थितिमा माण्डवी गाउपालीका वडा नं ५ एकचोटे र कालीखोला का स्थानीय जनसमुदायको उपस्थितिमा स्थानीय स्रोत र साधनको प्रयोग गरी युवाहरुलाई स्वरोजगारी बनाउने उदेश्यका साथ अन्तकृया कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा मनोनित सदस्य श्री कुमार अधिकारीले कार्यक्रमको उदेश्य गरीवि निवारण रहेको र कृषी र पशुपालन क्षेत्रमा युवाहरुको सहभागीता हुन सके रोजगारी स्वदेशमै रहेको र स्वदेशको स्वरोजगारी दिर्धकालीन हुने कुरा व्यक्त गर्नु भयो । त्यस्तै माण्डवी गा पा वडा नं ५ का वडा अध्यक्ष दुर्गा आचार्यले एकचोटे कालीखोला मा व्यवसायीक बाख्रापालनल को प्रचुर सम्भावना रहेको र सोहि अनुसारको कार्यक्रम बनाउन सकेमा प्रभावकारी हुने कुरा व्यक्त गर्नुभयो । माण्डवी गाउपालीका का प्रमुख प्रशासकिय शिशिर रिजालले स्थानीय सरकारसंग सधै युवा स्वरोजगार स्थानीय स्तरमै रोजगारी सृजना गर्न धेरै मेहनत गरेको र मुख्यमन्त्री ग्रमिण विकाश तथा रोजगारले पनी रोजगार र स्वरोजगार मार्फत गरीवि निवारण गर्ने उदेश्य लिएको हुदा बजेटको अभाव हुन नदिने जनताको साथ सहयोग र ईमानन्दारीताले नै स्थानीय सरकारले सोचे अनुरुपको लक्ष्य प्राप्त गर्न सफल हुने हुदा स्थानीय सरकार सधै जनताको सेवा गर्न तत्पर रहेको बताउनुभयो । माण्डवी गाउपालीका का रोकाले मुख्यमन्त्री ग्रमिण विकास तथा रोजगार कार्यक्रम आर्थीक रुपले विपन्न घर परीवार समुदाय को जिवन स्तरमा परीवर्तन गरी गरीवी निवारण गर्ने उदेश्य लिएको हुदा अब रोजगारीको लागी अन्य मुलुक पुग्न बाध्य हुने युवाहरुलाई आफ्नै घर आगनमै स्वरोजगार कार्यक्रम सञ्चालन गरी आफ्नै देशमा घर आगनमै रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन गर्ने र स्थानीय सरकारले युवा स्वरोजगारको धेरै भन्दा धेरै कार्यक्रम सञ्चालन गर्न लागीरहेको हुदा बजेटको अभाव हुन नदिने हुदा युवा र स्थानीय सरकारको सहकार्यबाट नै स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना हुने रोजगारीकै लागी भारत र अन्य मुलुक युवा पुग्नु पर्ने वाध्यताको अन्त्य हुने तपाईहरुले जोस जागर गर्नु पर्छ माण्डवी गाउपालीका सधै तपाईहरुको सेवा साथ र सहयोगको तयार रहेको बताउनुभयो । स्थानीय प्रेम बहादुर राना ले व्यवसायीक बाख्रा पालन र तरकारी खेती गर्न एकचोटे कालीखोला का घरपरीवार युवाहरु ईच्छुक रहेको हुदा त्यही अनुसारको कार्यक्रम र सहयोग गर्न गाउपालीकालाई अनुरोध गर्नुभयो । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता हेमराज अधिकारीले गर्नु भएको थियो ।

+ posts