आवश्यक्ताका आधारमा काम गरेका छौ ः अध्यक्ष भण्डारी
 १३ कार्तिक २०७७, बिहीबार

आवश्यक्ताका आधारमा काम गरेका छौ ः अध्यक्ष भण्डारी

   २७ आश्विन २०७७, मंगलवार ०९:२६ प्रकाशित

जुम्रीकाडा प्यूठान नगरपलिका वडा नं ५ मा पर्दछ । यो वडा पालिकामा रहेको अरु वडा भन्दा बिकट वडा हो । जुम्रीकाडा अन्य वडाको तुलनामा कम विकसित छ । भौगलिक विकटताका कारण एकिकृत विकास हुन सकेको छैन् । चालु आर्थिक वर्षमा नगरपालिकाले ४६ लाख बजेट विनियोजन गरेको छ । चटनी जस्तै हुने बजेटले के विकास होला होला ? वडामा भए गरेका गतिविधी, समस्या र हालसम्म भएको कामका बारेमा वडा अध्यक्ष लछुमन भण्डारीसंग गरिएको संक्षिप्त कुराकानी ।

वडामा हाल सम्म कस्ता कामलाई प्राथमिकता दिनु भएको छ ?
हाम्रो वडा प्यूठान नगरपालिकाका अन्य वडाको तुलनामा अलि पछी परेको वडा हो । यहाका नागरिकहरु प्रायः बाहिरी मुलुकमा रोजगारीको सिलशिलामा जानुहुन्छ । भुगोलको प्रभावले साँेचे जस्तो काम त गर्न सकिरहेका छैनौं तर जनताको चाहाना ,आवश्यकता अनुसार कृषिक्षेत्र ,बाटो,विद्युत,खानेपानी,जस्ता आवाश्यक कामहरु गर्दै आएका छौं ।

वडामा उत्पादन हुने भनेको सवै भन्दा बढी के हो
भुगोलको हिसाबले र यहाको वातावरण र जंगलको हिसाबले बाख्रा हो त्यसपछी दोस्रो भुगोलको हिसावले भैसीपालन वा गाईपालन हो । व्यवसाय गरी दुध बाहिर निर्यात गर्न सकिन्छ ,बेमौसमी तरकारी हुन सक्छ जरीबुटी स्याउ हुने ठाउँ हो । आलु हुन सक्छ टिमुर हुन सक्छ त्यसपछी दालचुनी हुने ठाउँ हो ,यस पालि हामी चान्जमा खेती गर्ने जमिन बाहेक अरु जमिनमा अलैची खेती गर्ने कि भनेर साँेची रहेका छौ ।
यो आर्थीक वर्षको बजेट कती हो ? काम केके गदै हुनुहुन्छ ।
वडामा पालिकाले दिएको ४५ लाख र प्रदेशबाट एक करोड ५० लाख खानेपालिका लागी छ । खाने पानीका लागि पुर्ण गाउँ खानेपानी छ । यो वर्ष सम्पन्न हुने गरी चान्जा,ढाडछाप छ भने काम गर्ने पातल कटेरीका लागि काम छ । अर्को कुरा खरको छाना अन्त्य गर्ने कार्यक्रम छ । मलाई लाग्छ यो वर्ष ८० करिब प्रतिशत सक्ने तयारी गर्दैछांै । हामी आउदा यस वडामा ४ सय २६ घर थिए खरको छाना थिए र अझै ३५१अझै बाकी छ र त्यो मध्य यस वर्ष करिब ६० देखी ८० प्रतिशत सक्ने योजनामा छौ र अबको दुई वर्ष भित्र सवै सक्ने गरी तयारी गरेका छौ । जुम्रीकाडाँको ठुलो गाउँमा एकिकृत बस्तीका लागि बस्ती बस्तीमा भित्र छिर्ने बाटो बनाएका छौं । स्वास्थ्य चौकि देखी देविस्थान सम्म पिच गर्ने योजना गराएका छौ । तर नयाँ ठाउँमा बाटो नखनी व्यवस्थति गर्ने गरी काम गरेका छौं ।
सवै जनसमुदायलाइ फाइदाहुने गरी के काम गर्नु भएको छ ?
कृषि तथा पशुमा कार्यक्रम ल्याएका छौ कोभिडका कारण प्रभाव परेकोमा साढे १० लाख को कृषि र पशुका लागि कार्यक्रम गरेका छौ र एउटा पालिकामा एउटा पकेट कार्यक्रम प्रदेशले ल्याएको छ र सोही अनुसार प्यूठान बिउ उत्पादन गर्ने ठाउँ छानेकोले सोही अन्तरगत काम गर्ने गरी यसपालि हामी ओवाङमा सम्भावना छ भन्ने हिसाबले अगाडी बढाएका छांै ।
यस वडामा समस्या के के छन ?
समस्या त सवै समस्या छ शिक्षा ,स्वास्थ्य, खानेपानि ,बेरोजगार सवै त्यस्तै छन यहाँ केछर राम्रो यहाँ राम्रो त प्रकृती हावापानी जरीबुटी छन । बाटो , र यातायात सबै गाउँमा जान सकेको छैन् ।

कोभिडका कारण प्रभावित भएका युवाहरुका लागि के सोच्नु भएको छ ?
यूवाहरुका लागि सम्भावना हेरेर आत्मनिर्भर हुने गरी करार खेती संचालन गर्ने जमिन नै नभएका युवाहरुलाई जमिन भाडामा दिने पहिलो र दोस्रो वर्ष हामी भाडा तिर्ने र व्यवसायिक रुपमा काम गर्न चाहान्छ भने उत्पादन र व्यवसायिका आधारमा हेरेर हामीले आफन्त नाता पाटी किर्पा हेरेर हैन कि तपाईको उत्पादनका आधारमा जस्तो १० वटा वाख्रा पालेको छ भने कती दिने बंगुर ५ वटा पालेको छ भने कती दिने र ५० प्रतिशत अनुदानमा कार्यक्रम गर्ने कि भनेर योजना बनाएका छौं र हामी स्पेशल त उत्पादन अथवा गोटा गनेर त्यसको आधारमै अनुदान दिनेकी भनेर तयारी गरिराखेका छौ । यो संगसगै जग्गा जमिन नभएकाहरुलाइ जस्तो बाख्रा पालन गर्ने लाग्यो उसको घाँस खेती गर्ने जग्गा जमिन छैन भने ५० रोपनी जग्गा भाडामा लिएको छ भने ५० रोपनीको भाडा हामीले तिर्ने र युवा विदेश त विदेशबाट फर्किएका साथीहरुले जे गर्न चाहान्छ त्यही क्षेत्रमा लगानी गर्न भनेर हामी साढे दश लाख रुपियाँ दाम हामी छुट्टाएका छौं । साथै टोड्के र लिस्ने बिसमुरेलाई स्याउलाई प्रमोट गर्ने कि भनेर सोचिराखेका छौ । र चान्जालाइ अलैची खेती गर्ने कि भनेर सोच छ साथै तल्लो बेल्टका लागि दालचुनी र थोरै माथिको भागलाई टिमुर खेतीलाई प्रायोटि दिनेकी भनर सोचीराखेका छौं ।
३ पर्यटकिय क्षेत्र र साकृतिक कार्यक्रमका लागि वडा बाट के छ भुमिका
सांस्कृतिक रुपमा जिल्लाकै नमुना यहाँका महिला दिदिबहिनीहरुले सराँय नाँच प्रदर्शन गर्नु भएको छ र यो वृताको कुरा हो यसमा उहाँहरुलाई धन्यवाद दिनु पर्छ एउटा ऐतिहासिक चिनारीको रुपमा उहाँहरुले लिनु भया छ । र गत वर्षदेखी हामै्र नेतृत्वमा लागेका छौ सकेसम्म यसलाइ संरक्षण गर्ने र उहाहरुलाई के सर्पाेट गर्ने भन्ने विषयमा पोशाक लगाएका कुरामा प्रमोट गरेका छांै । त्यस्तै लिस्ने भनेको यो वडाको मात्र पहिचान हैन प्यूठान जिल्लाकै दोस्रो अग्लो पहाड हो र हिजो जनयुद्धकालमा पुर्व माओवादीहरुले एउटा स्तम्भ बनाउनु भएको थियो ७ फुड्किलाको थियो र त्यो अहिले भग्नाबसेस अवस्थामा छ त्यसलाई हामीले पुर्णरुप दिने र माथी उठाउने कि भनेर तयारी गरेका छौ त्यसको नजिकै लिस्ने को नाम बाट लिस्नो बनाएर हामी ४० मिटर अग्लो लिस्नो बनाएर ऐतिहासीक ठाउँको नामाकरण अन्तरगत अगाडि बढाएका छौं ।
अन्त्यमा के भन्न चाहानुहुन्छ
काम गर्ने क्रममा नबुझेर गलत प्रचार गरेर गिराउन खोजे पनि हामी यस वडा बासीका लागि समानता सहित काम गरेका छांै । कोभिडका कारण प्रभावित भएकाहरुले आफ्नै ठाउँमा केही गर्न पर्छ काम गर्ने जागर जुटाउनु पर्छ तपाई युवाहरु अथवा वडा बासी जो कोही भिजन बनाएर आउनुहोस र भिजनमा हामी जुन ठाउँमा जे गर्न पनि तयार छौं । तपाईहरुको काम गर्न सक्ने क्षमता अवस्था पँुजी र आवश्यताको आधारमा हामीले बजेट लिएका छौं र हामी बजेट पुर्णरुपमा कार्यान्वयन गर्ने छौ र धेरै विज्ञ साथीहरुलाई यहाँको संभावना के छ भनेर पनि छलफल गरिराखेका छौ राय सल्लाह सुझाव लिएका छौ । मलाई लाग्छ हाम्रो वडा अरु वडा जस्तो हैन यहाँका सबै साथीहरुलाई बसालेर छलफल गरेर अगाडी बढेका छौं । होला म फरक राजनीतिक दलबाट जितेर आएको हुँला तर पनि सवै दलहरुलाई राखेर हिजको पुर्व राजनीतिक दल नागरिक समाज महिला संजाल, स्वास्थ्य स्वयम सेवीका आम दाजुभाई दिदि बहिनीहरु सबैको सहकार्यका साथ हामी अगाडी बढेका छौ र अहिलेसम्म राजनीतिक रुपमा अलीकती तिक्तता नभएको वडा मलाई लाग्छ यही हो र अहिले पनि भोली पनि त्यही अन्र्तगत आवश्यकताको आधारमा मलाई लाग्छ जनताको आवाश्यक भन्दा बाहिर छैनाँै र जनताकै आवश्क्ताको आधारमा काम गरेका छौ सधै हामी जनता संगै हुने छौ धन्यवाद ।
प्राणरक्षा असाेज अंकमा प्रकाशन भएकाे

+ posts