झुलेनीले पर्यटक लोभ्यायोे , स्थानियको आय बढ्दै
 १३ कार्तिक २०७७, बिहीबार

झुलेनीले पर्यटक लोभ्यायोे , स्थानियको आय बढ्दै

   २७ आश्विन २०७७, मंगलवार ०९:३७ प्रकाशित

मधुसुदन पोख्रेल
असोज २७ प्यूठान , बुट्टयानले भरिएको झुलेनी यतिवेला पर्यटक रमाउने थलो बनेको छ । परापुर्वकालमा नेपालका धनन्ञ्जय गोत्रिय समाजको ऐतिहाँसिक एवम् समाज विकासको धरोहरको भनिएको प्यूठानको झुलेनी पछिल्लो समय आन्तरिक पर्यटकहरु रमाउने थलो बनेको हो ।
चारै तर्फ बुट्यानले ढाकिएको स्थानमा विकासका काम तिव्ररुपमा भैरहेका छन । सामाजिक संजानलमा झुलेनी पछिल्लो समयमा भाइरलनै बनेको छ । फोटो सुट गर्नकालागि आन्तरीक पर्यटकहरु दैनिक सयौको संख्यामा घुम्न आउने गरेको स्थानियहरु बताउछन ।
झुलेनी प्राकृतिक मनोरम र धार्मिक पर्यटनको आधार भएको झुलेनी पर्यटन पुर्बाधार विकास समितिले जनाएको छ । परापुर्बमा धनञ्जय ऋषिका सन्ततीहरुको समाज बर्तमानमा आईपुग्दा आफ्नो धनञ्जय गोत्र कयम रहेका हरेक समाजको ऐतिहाँसिक स्थल झुलेनी रहेको बिभिन्न अध्ययन बाट पुष्टि भएको समितिका संयोजक माधवराज भण्डारीले बताए ।
प्यूठान जिल्लाको प्यूठान नगरपलिकाको वडा न. ६ र नौबहिनी गाउँपालिकाको वडा न. ८ को सिमावर्ती स्थानमा झुलेनी रहेको छ । झुलेनी पर्यटन विकास समितिका संयोजक माधवराज भण्डारीले भने “यस अघि यो ठाउँ काँडैकाँडाको झाडीको जंगल थियो । हामीले नेपाल पर्यटन बोर्ड, प्यूठान नगरपालिका, नौबहिनी गाउँपालिका र डिभिजन वन कार्यालय प्यूठानको सहयोगमा झुलेनीमा बिभिन्न पुर्वाधार निर्माणका कार्य हुँदै गरेको छ । अवको केही बर्षमै झुलेनी पर्यटन विकासको हिसावले नयाँ एवम् नमुना गन्तव्य बन्छ भन्ने हाम्रो विश्वास छ ।”
यस ठाउको नाम झुलेनी रहनुको कारण अग्लो डाँडा झुन्डीएको हुनाले झुलेनी भनिएको स्थानिय बयो वृद्ध ठगुश्वर पोख्रेलले बताए उनले भने “ यस ठाउँमा सिजनै अनुसार पर्यटकहरु रमाउने बिभिन्न आधार छन् यहाँ लालीगुराँस , काफल, मलागेडी लगायतका बिबिध प्रजातीहरु पाईन्छन् साथै प्यूठान जिल्लाको करिव ७५ प्रतिशत भु(भाग, धौलागिरी हिमाल सहित थुप्रै हिम श्रींखला र प्यूठानको धार्मीक पर्यटकिय स्थल स्वर्गद्वारी पनि देख्न सकिन्छ ।
झुलेनीमा पर्यटक आउने क्रम सँगै आसपासमा बिभिन्न होटल तथा कटेजहरु खुल्न थालेका छन् जस्ले गर्दा स्थानिय स्ततरमा उत्पादन हुने जौँ, सिस्नु, लगायतका वस्तुको सदुपयोग हुन थालेको छ । साथै युवाहरुलाई स्वरोजगार बन्ने अवसर समेत ।मिलेको छ ।
झुलेनीमा पार्क , बिभिन्न मठमन्दीर, सेलफी पार्क निर्माण भएको र निकट भविष्यमा शिवधुरी रक गार्डेन, जिपलाईन र खानेपानी तथा सरसफाईका कार्यहरु पनि हुदै जाने समितिका सचिब धनेश्वर भण्डारीले बताए ।
झुलेनीमा तत्कालीन बाईसे चौबिसे राज्यको पालामा झुलेनीको घनघोर जंगलमा प्यूठान भित्रिकोटका राजा सिकार खेल्न जानेगरेको किम्बदन्ती छ । साथै प्यूठानको लुप्लुङ गाउँबाट फैलिएका नेपालका धनन्ञ्जय गोत्र भएका भण्डारीको पैत्रिक थलो पनि यहिनै भएको धनन्ञ्जय गोत्रिय भण्डारी समाजले जनाएको छ ।
पछिल्लो क्रममा झुलेनीमा खाना नास्ता पसल संचालन भए पछी पर्यटकलाई सहज भएको छ । झुलेनिको विकासले स्थानियहरु स्वरोजगार समेत बनेका छन । झुलेनीमा विभिन्न सेवा सुवधा संगै विभिन्न कटेजजहरु संचालनमा आएका छन । झुलेनी घिमिरेहोटल,झुलेनी कटेज,झुलेनी बामरी कटेज,झुलेनी झिल्के नास्ता पसल स्थापना भैसकेका छन भने अन्य दोकानहरु बन्न लागेका छन । झुलेनिको विकास भए पछी स्थानियहरुको आय बढेको बताउछन । प्राणरक्षा मासिकमा प्रकाशित

+ posts