प्यूठान नगरपालिका ६ माझकोट ओखरकोट निवासी धन बहादुर सुनार अहिले उमेरले ६० वर्ष नाघी सेकेका छन् । उनी अहिले पुराना दिन सम्झन्छन् । पहिले गोठ भरी २५ देखी ३० वटा गाई गोरु पाल्ने उनको गोठमा हाल ४ वटा गाई गोरु छन् । वल्लो डाडां देखी पल्लो डांडा सम्म लहरै गाई गोरुको लाइन हुने त्यो दिन बनमा पनि रमाइलो हुथ्यो तर आज भोली गोरु खेतीपाती लगाउनका लागि मात्र पालेको बताउछन् । पुराना दिन सम्झदै गोठालोमा धनबहादुर तस्बिरः मधुसुदन पोख्रेल
गाेठालाेमा रमाउँदै धनबहादुर
