केहो दलित ? को हो दलित ?
 ५ कार्तिक २०७७, बुधबार

केहो दलित ? को हो दलित ?

   २८ आश्विन २०७७, बुधबार १२:४० प्रकाशित

सुमान सुवेदी
संयोजक सरोकार समाज प्यूठान
समाजमा थुप्रै खाले विभेदहरु छन् , त्यो मध्य जातिय आधारमा गरिने बिभेद सबैभन्दा तुच्छ र अमानविय बिभेद हो । जसलाई सदाका लागी अन्त्य गर्नु आवश्यक छ , हो ढिलो चाँडो यो परम्परा पनि हिंजोको सतिप्रथा जस्तै कथामा मात्रै सिमित हुनेछ, त्यतिबेला भोलीको त्यो पुस्ताले अहिलेका हामी र हाम्रो मानवता प्रती धिक्कार्दै घिर्णा गर्ने छ । हामिलाई धेरै भोली प्रखनु छैन , र त्यती धेरै घिर्णित बन्नु छैन , त्यसैले आजै , आफ्नै पालामा केही गर्नु छ , तर दुर्भाग्य हामिले हामी माथिको बिभेद नै पहिचान गर्न सकेनौं वा गर्न चाहेनौं ।जब पहिचान नै गर्न सकेनौं भने कसरी समयमै परिवर्तन सम्भव छ ?
हामीले बिभेद हेपिनु वा गुमाउनुलाई मात्र ठान्यौं , जातिय आधारमा कसैले घिर्णा गर्यो , वा तुच्छ व्यवहार प्रकट गर्योभने हामिले त्यसलाई जातिय बिभेद मान्यौं , तर पाउने कुरालाई कहिल्यै बिभेद मानेनौं वा मान्न चाहेनौं । बिभेद गुमाउनु वा हेपिनुमा मात्र छैन बिभेद पाउनुमा पनी छ । हेपिनु वा गुमाउनु ले भन्दा पाउनुले विभेदको जरालाई अझ मजबुत बनाउँदै लगेको छ । समाजले जातिय विभेदलाई बिर्सन खोजेपनी राज्यले घरिघरी सम्झाइरहेको छ । राज्यले सम्झाई रहँदापनी हामी मौन छौं , बरु उल्टै सम्झाइरहन राज्यलाई प्रेरित गरिरहेका छौं , किनकी त्यहाँ हामिले गुमायको देखेका छैनौं , पायको मात्र देखेका छौं । मेरो छोराको स्कुलमा एउटा अत्यन्त मिल्ने साथी छ , उ केहो मलाई थाहा छैन, बस् उ एउटा मेरो छोराको अशल साथिहो । उ मेरो छोरा संग निर्वाद रुपमा मेरो घरमा आउने जाने गर्छ । अचानक एकदिन मेरो छोराले म संग प्रश्न गर्यो उ कोहो ? म अचम्ममा परे ! मैले भन्दा बढी चिन्ने आफ्नै साथिको बारेमा उसको यस्तो प्रश्न ! उसले पढ्ने स्कुलमा उसको नजरमा सबै कुरा समान नै थियो तर एकदिन अचानक उसको बुझाइमा असमानताको आभास हुन गएछ । एउटै कलास,एउटै उमेर , एउटै बेन्च र स्तर पनी उस्तै उस्तै , तर दलित भएकै कारण उसको त्यो साथिले एउटा नयाँ झोला , झोलाभरी केही शैक्षिक सामाग्री हरु र केही नगद समेत प्राप्त गर्दा उ भने रित्तै घर फर्कियो र मलाई हजार प्रश्न गर्न थाल्यो र भन्यो उ को हो ? अब मैले उसलाई यसको उत्तर कसरी दिउँ ? जातिय विभेदको अन्त्य चाहने मैले उसलाई जातियताको बिभेदकै कुरा कसरी सिकाउँ
जात नै नबुझेको उसलाई जातका आधारमा हुने बिभेदको पाठ सिकायर विभेद गर्न सिकाउँ वा विभेदको अन्त्य गर्न सिकाउँ ? कसरी भनु उसलाई उ दलित हो भनेर ? जातियता र छुवाछुतलाई जान्दै नजानेको त्यो पुस्तालाई म कसरी बारम्बार छुवाछुतको कुरा सम्झाई रहुँ , र किन ? को हो दलित ? कसरी दलित ? उसको आफ्नै परिचय हुंदाहुंदै फेरी छुट्टै परिचय किन दियकोछ राज्यले ? उसको यही परिचयले जिबनभर बाँचोस् भन्ने राज्यको चहना त होइन ? आखिर को हो दलित र केहो दलित ? कुनैपनी जात भनेको पहिचान हो , गौरब हो र इतिहास हो , तर ’दलित, बिभेद हो । राज्यले कुनै जाती बिशेषलाई दलित बनायर झन् ठुलो बिभेद गरेको छ । यहाँ समस्यालाई पहिचान गरेर समाधानका लागी संघर्ष भएको छैन । यहाँ त समस्यालाई मुद्दा बनायर युगौं युगसम्म राजनिती गर्ने प्रयास मात्र भएको छ , चाहे मुद्दा उही समुदाय बिशेषले नै किन नउठाओस ।
आखिर कहिलेसम्म कुनै जाती बिशेषले आफुलाई दलित भनेर चिनाउनु पर्ने ? कुनै जाती विशेषका अगुवाहरुले कहिले बुझ्ने कि दलितका नामले राज्यबाट प्राप्त गर्ने जुनकुनै सेवा सुबिधाले जातिय विभेदलाई अन्त्य होइन थप मल जल गर्छ भनेर ।
सतहमा देखिने वा कहिलेकाँही सडक बस्तिहरुमा पोखिने जातियतासंग मिल्दा जुल्दा घटनाहरुलाई मात्र हामिले जातिय बिभेद ठान्ने गर्छौं । राज्यकै नितिभित्र खेलिरहेको बिषाक्त विभेदलाई न महसुस गर्यौ न अन्त्यको कुनै प्रयास नै । राज्यले साँच्चै पछाडी परेका वा हेपिएका ती वर्गहरुलाई माथी उठाउन प्रयास गरेको हो भने त्यही खालको निती बनाउन आवश्यक छ जसले विभेदलाई अन्त्य गरोस् , विभेदको श्रिजना होइन । बिभेद देखिनुमा मात्र छैन , मौनतामा बिभेद झन् धेरै लुकेको छ । अन्तर्रजातिय बिवाह गरेको मेरो छिमेकी भाई बर्षौं देखी परिवार बिहिन भएको छ, परिवारको मायाँ , हरेक बर्ष आउने भइटिका , र हरेक पर्वहरु उसकालागी कथा बनिसकेको छ । त्यसको एउटा कारण म अनी तपाई बनेका छौं , उ घरको कारणले भन्दा बढी समाजको डरले , समाजले के भन्ला ? मेरो घर संगै घर जोडिएको छिमेकिले के भन्ला भन्ने मुल कारणले उ गुमनाम हुनुपरेको छ । केही नबोल्ने मौन समाज उसको डरको मुल कारण भएको छ । समाज मौन छ जो उ गुमनाम हुनुको मुल कारण हो , राज्य बोलेको छ तर हाम्रो दिमागभित्र बसेको जातिय बिभेदको घर भत्काउनलाई होइन उसलाई मात्र दलित बनाउन लाई बोलेको छ , उ कसरी दलित ? किन दलित ? उ दलित हुनु वा बनाइनु जातिय विभेदको अन्त्य हुनै सक्दैन । बरु उल्टै विभेदको सुरुवात हो , अन्त्य होइन । जातिय विभेदलाई अन्त्य गर्न दलित मानसिकतालाइनै अन्त्य गर्नु जरुरी छ । तर यहाँ राज्य बाट नै दलित मानसिकता लाई अन्त्य होइन झन् स्थापित गरेर कुनै निश्चित जात विशेषका समुदायलाई केही बिषेश सेवा सुबिधाको आशमा सदैब दलित बनायर राख्ने प्रयास गरेको पाइन्छ । होइन भने जुन कुरा बिर्सन पर्नेछ त्यही कुरा समाजलाई बारम्बार किन सम्झाईरहनु पर्ने ? समाजलाई अगाडी डोर्याउन बिगतका नराम्रा कुरा बिर्सन सिकाउने समाज , सामाजिक अगुवा , राजनितिककर्मिहरु र राज्य नै किन बारम्बार सम्झाइरहन चाहन्छन् ? यो नै बुझ्नुपर्ने एउटा महत्वपूर्ण बिषय हो । बिर्सन खोज्ने समाजलाई पनी राज्यले बिर्सनै नदिने गरी निती बनायको छ । यो नै राज्यले गरेको सबैभन्दा ठूलो बिभेद र अपमान हो , जसको कारण कुनै जाती बिषेसको समुह सधै दलित नै रहनेछ । जातियता संबन्धी केही बुझ्दै नबुझेको पछिल्लो पुस्ताले पनी स्कुल , कलेज हुंदै जागिरको सिलसिला सम्म पुग्दा धेरै बुझ्नेछ र धेरै पटक महसुस गर्नेछ । अप्ठेरोमा परेर गुहार माग्दा वा घरको आँगनमा भोको पेट लियर माग्न आउँदा कहिल्यै उसको जात सोधिदैन किनकी त्यहाँ आबस्यकता जातको होइन उसको भोको पेटको लागी रासनको आबस्यकता हुन्छ, आबस्यकता र अभाब लाई पहिचान गरेर राज्यले ब्यक्ती बिषेशलाई गर्ने सहयोग र कुनै सिंगो जाती बिषेशलाई दलित बन्न बिवस पारेर गरिने सहयोग मा धेरै भिन्नता छ , जसले रुपान्तरणमा होइन पुरानै परम्परामा निरन्तरताकालागी मलजल गर्नेछ। त्यसैले दलित शब्द र त्यो शब्दसँग जोडिएको दलित संस्कारको सधैकालागी अन्त्य गरी सभ्य , जातिय बिभेद रहित समाजको निर्माण गरौं ।

+ posts