प्यूठानमा थप ५२ जना काेराेना संक्रमीत थपिए
 ५ कार्तिक २०७७, बुधबार

प्यूठानमा थप ५२ जना काेराेना संक्रमीत थपिए

   २९ आश्विन २०७७, बिहीबार १०:०२ प्रकाशित
गिता गाैतम 
असाेज २९ प्यूठान 
प्युठानमा बिहीवार थप ५२ जना नयाँ कोरोना संक्रमीत थपिएका छन । प्रादेशिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको हो। स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले सरुमारानीका २२, ऐरावतीका १४, झिमरुकका ११ र नौबहिनीका ५ जना गरि बिहिबार कुल ५२ जनामा कोरोना देखिएको जानकारी दिनुभयो। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ। संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका छन् । उहाका अनुसार हालसम्म ५ सय ५६ जना संक्रमणमुक्त भएका छन्। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ३१ छ भने १ सय १ जना क्वारेन्टिनमा छन्। यस अघि दुई जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ
+ posts