सरूमारानी गाउँपालिकाकाे कार्यालय बन्द
 ५ कार्तिक २०७७, बुधबार

सरूमारानी गाउँपालिकाकाे कार्यालय बन्द

   २९ आश्विन २०७७, बिहीबार ११:३४ प्रकाशित

अावाज पाेष्ट

असाेज २९ प्यूठान

सरुमारानी गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । संक्रमित कर्मचारीसंग अन्य कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही समेत सम्पर्कमा रहेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाको कार्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो ।

आगामी कात्तिक ६ गतेसम्म गाउँपालिकाको कार्यालय बन्द रहनेछ । यो अवधिमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने उहाँले बताउनुभयो । पोजेटिभ कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी, जनप्रतिनीधि र अन्य व्यक्तिहरुको भोलीदेखी कोरोना परिक्षणका लागि पिसीआर लिन सुरु गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । एकैदिन ५२ संक्रमित थपिए प्युठानमा आज एकैदिन ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा सरुमारानीका २२, ऐरावतीका १४, झिमरुकका ११ र नौवहिनी गाउँपालिकाका ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ भने हाल सकृय एक सय ३१ जना रहेका छन् । जिल्लामा यस अघि कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु समेत भएको छ ।

+ posts