आशिका ग्रिल उद्योगको शाखा मच्छीमा पनि
 ९ कार्तिक २०७७, आईतवार

आशिका ग्रिल उद्योगको शाखा मच्छीमा पनि

   १ कार्तिक २०७७, शनिबार ०८:३७ प्रकाशित

अावाज पाेष्ट
कार्तिक १ प्यूठान
आशिका ग्रिल उद्योगको शाखा मच्छी मा पनि विस्तार गरिएको छ । प्यूठान नगरपालिका ७ गाजुरीबाट संचालन हुदै आएको ग्रिल उद्योग मच्छीमा पनि विस्तार गरिएको उद्योग संचालक अर्जुन विकले जानकारी दिनु भयो ।
विगत लामो समय देखि जिल्लाकै ठुलो ग्रिल उद्योगका रुपमा गाजुरे बाट संचानमा आएको ग्रिल उद्योग ग्राहकको चाहाना र मागका आधारमा मच्छीमा शाखा संचालन गरेको विकले बताउनु भयो । ६९ सालबाट गाजुंरीमा संचालन गरि ग्राहको मागका आधारमा १२ लाखको लगानीमा झिम्रुक गाउँपालिका,मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिका ग्राहकको सहजताका लागि मच्छीमा शाखा विस्तार गरेको विकको भनाई छ । घटस्थापना दिनको अवसर पारी संचालन गरिएको उद्योगले गाजुरेबाट दिने सेवा अनुसार मच्छिबाट पनि प्रदान दिने विकको भनाई छ ।

+ posts