तिराममा बस दुर्घटना हुंदा चालककाे मृत्यु
 १६ मंसिर २०७७, मंगलवार

तिराममा बस दुर्घटना हुंदा चालककाे मृत्यु

   ४ कार्तिक २०७७, मंगलवार ०५:४० प्रकाशित

अावाज पाेष्ट

कार्तिक  ४ प्युठान

माण्डवी गा.पा १ ितराम पाच्छाभिर नजिकै बस दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । भने अन्य ३ जना घाइते भएका छन । माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस दुर्घटना बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि (१ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते हुनुभएको छ । उहाँहरुको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको उहाँले जानकारी दिनुभयो ।

+ posts