जस्पुरमा फ्रि वाइफाई जडान
 १६ मंसिर २०७७, मंगलवार

जस्पुरमा फ्रि वाइफाई जडान

   ५ कार्तिक २०७७, बुधबार ०३:३७ प्रकाशित

अावाज पाेष्ट 
५ कार्तिक  प्युठान  ः माण्डवी गाउँपालिकाले वडा नं ३ जस्पुर बजार क्षेत्रमा फ्रि वाईफाई सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले प्रदान गर्ने सूचना तथा सेवाहरुमा आम जनताको पहुँच एवं पारदर्शीता अभिवृद्धि गर्ने उदेश्यले फ्रि वाईफाईको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।पालिकाबाट प्रदान गरिने आधारभूत सेवा प्रवाहमा सूचना तथा संचार प्रविधि प्रयोग गरी विधुतीय शासन स्थापना गर्ने उदेश्यले जस्पुर बजारमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याईएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत अनिल अधिकारीले जानकारी दिनुभयो ।
फ्रि वाईफाई सञ्चालनले पालिका क्षेत्रका आम जनता र सेवाग्राहीहरुले देश तथा विदेशमा हुने गतिविधिहरुको बारेमा जानकारी लिन, सूचना, समाचार प्राप्त तथा सम्प्रेषण गर्नका लागि फाईदा पु¥याउने उहाँले बताउनुभयो । साथै गाउँपालिकाबाट प्रदान गर्ने सूचना, समाचार तथा सेवाहरुको बारेमा जानकारी लिन सकिने उहाँको भनाई छ । निशुल्क प्रदान गरिएको वाई–फाई एक सय जना व्यक्तिले एकैपटक एक सय मिटर दुरी सम्म वाईफाई चलाउन सक्ने उहाँले बताउनुभयो । गत शनिवार वाईफाई जडान गरिएपनि मंगलबारदेखी सञ्चालनमा आएको सुचना प्रविधि अधिकृत अधिकारीले बताउनुभयो । पालिकाबाट विनियोजित एक लाख रुपियाँ बजेटमा वाईफाई जडान गरिएको उहाँको भनाई छ ।
सूचना तथा प्रविधिको प्रयोग मार्फत स्मार्ट गाउँपालिकाको रुपमा विकास गरी अगाडी बढाउनको लागि पहिलो पटक जस्पुर बजार क्षेत्रमा फ्रि वाई फाई जोन स्थापना गरिएको हो, उहाँले भन्नुभयो,–‘बिस्तारै पालिकाका अन्य बजार क्षेत्रमा पनि फ्रि वाईफाई जोड्ने योजना छ ।’ पालिकाले गत वर्षहरुमा वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यामिक विद्यालयहरुमा इन्टरनेट, विधुतिय हाजिरी जडान गरेको छ । त्यस्तै पालिकाले मोबाईल एप्स, वेबसाईट, सामाजिक संजाल, फेसबुक पेज पनि संचालनमा ल्याएको सुचना प्रविधि अधिकृत अधिकारीले बताउनुभयो ।

+ posts