प्यूठानान पचास जनाले अात्महत्या गरे
 २१ फाल्गुन २०७७, शुक्रबार

प्यूठानान पचास जनाले अात्महत्या गरे

   ६ कार्तिक २०७७, बिहीबार ०१:५६ प्रकाशित

गिता गौतम

कार्तीक ६ प्यूठान , पछिल्लो समय आत्म हत्या गर्नेको संख्या बढेको छ । विष सेवन गरी, झुन्डीएर ,हाम फालेर हात्महत्या गर्नेको संख्या बढेको हो । कोभिड १९ का कारण देश भर बन्दाबन्दी भयो सो अवधीमा मात्र प्यूठानम आत्महत्या गर्नेको संख्या ५० रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्याड्ढमा छ ।
झुन्डीएर मरेको ४२ ,झुन्डी आत्महत्या दुरुत्साहन १ जना, विष सेवन गरि ६ र हामफाली आत्महत्या गर्ने १ जना गरि लकडाउन अवधिभर ५० जना मरेको जिल्ला प्रहरीकार्यालय प्यूठानको तथ्याड्ढमा छ ।
त्यस्तै आर्थिक वर्ष ७६।७७ मा आत्महत्या गर्नेको संख्या ७३ रहेको छ । झुन्डी आत्महत्या ६१ विष सेवन गरि ११ र हामपाली आत्महत्या गर्ने १ जना गरी ७३ रहेको छ । आर्थिक वर्ष ७५।७६मा आत्म हत्या गर्नेको संख्या ६५ थियो भने ७५।७६ मा भन्दा ७६।७७ मा मर्नेको संख्या बढी छ ।
लकडाउनमा मात्र आत्महत्या गरी मर्नेको संख्या बढी छ । आत्महत्या दिनप्रतिदिन बढ्दै,जानुको प्रमुख कारण गरिबी र अशिक्षा सँग जोडिएको जिल्ला प्रहरी प्रम्ख सनील मल्लले बताउनु भयो । गरिवि र शिक्षा मात्र नभएर स्थानीय संग बुझदा आत्महत्या गर्नुको कारण धेरै छन मल्ल ले भनु भयोे ।ूआत्महत्या गर्नेमा बढी विपन्न समुदायका छन्,ूप्रहरी प्रमुख मल्लले भन्नु भयो ूगरिबी, विपन्नता,अभाव र अशिक्षा र डिप्रेसनका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।ूआत्मा हत्या गर्नेको संख्या बढ्नुको मुल कारण बैदेशिक रोजगारी,मानसिक तनाव,प्रेममा धोका,पारिवारीक कलह लगायतका कारण रहेका छन् ।
आत्मा हत्या गर्दा धेरैले बिष सेवन र पासो लगाउने गरेका छन् । तथ्यांक अनुसार जिल्लामा आत्महत्या गर्ने संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । कतिपय ब्यक्तिले ऋण तिर्न नसक्दा पनि आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । ऋण लिईसकेपछि समाजमा बेइज्जत हुने डरले आत्महत्याको बाटो रोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयले हत्महत्या दुरुत्सानका यस्ता कार्यक्रम गर्दै आकएको मल्लले बताउनु भयो । , रोकथामका लागि सचेतना नै आवाश्यक छ प्रहरी निरिक्षक मल्लले भन्नु भयो प्यूठानका ग्रामिन भेगतिर सचेतना कार्यक्रम गर्दैछौँ ।ू तथ्याङ्क अनुसार ग्रामिण भेगतिर बढी आत्महत्या हुने गरेको देखिएको छ । यसरी दिनानु दिन आत्महत्या बढीरहदा एक पक्षले मात्र काम गरेर रोक्न नसकिने प्रहरी प्रमुख मल्ल ले बताउनु भयो । एउटा मिडिया र प्रहरीले मात्र गर्दा आत्महत्या गर्ने कार्य नरोकिने हुदा सवै क्षेत्रबाट चेतना उठाउनु पर्ने मल्ल ले बताउनु भयो । पुर्ण रुपमा निर्मुल पार्न नसकेपनि विभिन्न सचेतना मुलक कार्यक्रम मार्फत आत्महत्याको सँख्यामा केही कम गर्न सकिने मल्लको बिश्वास छ । बिश्वमा प्रत्यक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य सँगठनले तयार पारेको प्रतिबेदनमा उल्लेख छ । नेपालमा आर्थिक बर्ष २०७६र०७७ मा मात्रै ६ हजार ४ सय १९ जनाले आत्महत्या गरि ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशमा मात्रै गत आर्थिक बर्षमा १ हजार २ सय २७ जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् ।

+ posts