सफल हुनका लागि घडी भन्दा श्रमलाइ महत्व दिनु पर्छ ः युवा व्यवसायी खड्का
 १६ मंसिर २०७७, मंगलवार

सफल हुनका लागि घडी भन्दा श्रमलाइ महत्व दिनु पर्छ ः युवा व्यवसायी खड्का

   ६ कार्तिक २०७७, बिहीबार ०६:५३ प्रकाशित

लामाे समय  ज्यामीकाे रूपमा काम गरेका उनी   अहीले अाफेैले उद्दाेक संचालन गरी  १० जनालाइ राेजगार िदन सफल प्यूठान नगरपालिका ४ जुम्रिमा जाल्पादेवी ग्रील उद्दाेग संचालन गरेका युवा व्यवसायि कृष्ण खड्रका संग गरीएकाे  छाेटाे कुराकानी ।। 

 

  • तपाइको व्यवसायिक यात्राको बारेमा बताइदिनुस न ?
    मेरो व्यवसायिक यात्रा बुझ्दा मैले निकै कठिनाई संगकाम सिके । सुरुमा भन्दा मैले ग्रिल उद्योगमा काम गरेको हो । ३ वर्ष अरुको अद्योगमा काम गर्ने अवसरमा मैले निकै कुरा सिक्न पाए । काम गर्ने क्रममा मेरै लागि हो भनेर काम गरे । समय भन्दा पनि मैले कामलाई महत्व दिएको थिए । अझै पनि मैले कामलाई नै महत्व दिन्छु । अरुको काम गर्ने क्रममा पनि मैले कहिले घडिहेर बसीन कामलाई नै प्राथमिकता दिए । काम कसरी छिटो हुन्छ भन्ने हुन्थ्यो । मैले ३ महिना मा हेड मिस्त्री सिकेको हुं सिक्दै गर्दा मेरो हाफ्नै व्यवसायी गर्नु पर्छ भनेर आफ्नै व्यवसायी सुरु गरेको हु । यो उद्योग संचालन गर्दै गर्दा सन्तोस जनक छ । खुसी छु मेरो उद्योगमा १० ।१२ जना कर्मचारी छन । काम गरिरहेका छन । यसलाई म जिल्लाको नमुना ग्रील उद्योग भनेर चिनाउन चाहान्छु ।
    कामदार भएर काम गर्नु र मालिक भएर काम गर्नुमा कस्तो अनुभव भइरहेको छ ।
    सुरुमा मैले सुख्खा २५ सयमा काम गरेको हुं । श्री प्रसाद कर्माचार्यकोमा काम गर्दा झन काम सिक्ने र अनुभव गर्ने अवसर पाए । साहुजि भएर मात्र को कुरा नगरम एउटा चिया पसले पनि साउजिहो साहुजि भन्दा पनि जिम्मेबारी महत्वपुर्ण कुरा हो । कामगर्दै जांदा आफुले इमान्दारीका साथ काम गर्ने हो । कतै बाट गुनासोका कुराहरु नआउन र कमीकमजोरी नहोस,कसैलाइ मन दुखनउन र गुनासो सुन्न नपरोस । हो कहिले काहि काम गर्दै जादां काम मिस्टेक हुन्छ । त्यो कसरी सुधारने ,ग्राहकलाई कसरी रेस्पोन्स गर्ने भन्ने हो । मालिक होइन म कामदार नै हो । काम गेर्नेहरुको एउटा नेतृत्व कर्ता म एउटा मिस्त्री हो मिस्त्री भएको हिसावले म कुनै काम मा पछी हड्दैन ।
    उद्योग बाट वार्षिक कति आम्दानी हुन्छ ?
    आम्दानी सवै खर्च कटाएर १३ । १४ लाख जती बचत हुन्छ हुन्छ त्यती त जनतन बचाउंन पर्यो वैंक लोन,यता उता त्यस्तै हो पैसा भन्ने कुरा कैले हुन्छ कैले हुन्न । मनलाई आत्म सन्तुष्टि बनाउनी हो ।
    घरायसी बातावरण कस्तो छ ?
    घरायसी बातावरण राम्रै छ । घरमा सवैको सहयोग छ । म कान्छो छोरा हो दाइले इलेक्टिक पसल गर्नु हुन्छ ।बुवा आमा बुढा हुनु भयो उहांहरुले काम गर्न सक्नु हुन्न । श्रीमती र छोरा छन चलेकै छ । जसरी खुसी हुन सिक्ने हो खुसी भए सवै ठिक हुन्छ ।
    तपाई जस्तै युवाका लागि के भन्न चाहानु हुन्छ ?
    मैले म जस्तै युवाहरुलाई के भन्न चाहान्छु भने सवै भन्दा पहिलो कुरा विदेस धाउन पर्ने आवाश्यक छेैन के इन्डीया जान पर्ने आवाश्यक छैन मेहनत गर्न पर्छ मेहनत गरे पछी विदेशमा पनि उहि काम इन्डीयमाम पनि उहि काम बाहिर गर्ने काम नेपालमा पनि गर्न सकिन्छ के । जस्तो युवाहरुलाई काम गर्न गारो हुन्छ काम भनेको जो काम पनि अफ्ठयारो हुन्छ तेसो भएको हुनाले आफुले मेहनत गर्नु पर्यो काम सिक्न पर्यो काम गरे पछी मेहनत गरेपछि ग्रील मात्र हैन पलंम्वर,वाइरिङमा छ कृषि मै भविश्य छ । काम गर्ने क्रममा सुरुमा धेरै पैसा त हुदैन नि हैन नेपाली अथावा यहांका युवाहरुले के खोच्छन भने आठ दश लाखको लगानी लगायो भने दैनीक मुठो छोप्न खोच्छन दैनिक पैसा त आउदैन नि त्यसैले थोरै लगानि लगाउने धेरै नाफा खोज्न हुदैन के आत्तीन हुदैन विस्तारै काम गर्दै जादा आफुले सफल्ता खोज्न प्रदैन सफताले आफैलाइ खोज्दै आउछ । व्यावसायिक जीवनमा मेरो थोरै ग्राहकको मन रुच्न पर्यो सुन्तुष्टि गराउन पर्यो । फलनाले यस्तो गर्यो है यति महंगो खायो भन्ने कमेन्ट निकाल्नु भएन एउटा सामान्य पलम्वरमा काम गर्दा दैनिक पन्द्र सय कमाउछन सामान्य पन्द्र सय दैनिक कमाउदा त फाइदा भैहाल्यो नि काम सिक्नु ठुलो कुरा हो मैले नै मुख्य मिस्त्रीलाई ३० हजार तलव दिएर राखेको छु ।
    काम सिक्ने हो भने फाइदा छ । अहिलेको अवस्थामा वाहिरबाट मान्छे लिएर राख्नु परेको छ । काम जानेको र सिकेको मान्छे भएत स्थानियले अवसर पाउथ्यो नि त्यो छैन कसैको जांगर छैन सामान्य पैसा सुरुमा देख्दैन नेपालमा काम सिक्नलाई पाच छ हजार सानो देख्छन । नेपाली यूवामा के छ भने नेपालमा पाचहजार कमाएर के फाइदा भारतमा गए त पाचहजार भारु कमाइन्छ भन्छन झोला बोकेर हिड्छन ।त्यो त दुइचार वर्षका लागि मात्र हो यहां त काम सिके सिप सिके त आफ्नो कोरीएर बनाउन सकियो नी । त्यसैले म के भन्न चाहान्छु भने काम सिकै काम गर्न जागर गरौं अल्छी नबनौं बरु सककार्य गरी काम गरौं काममा अरुको मुख नताकौं देशमै केहि छ यहि देशमा पसिना बगाऔं ।
    स्थानिय सरकारले के गरे हुन्थेयाे जस्तो लाग्छ ?
    अव स्थानिय सरकारलाई के भन्ने भन्दा अलि छुचो भइएला तर स्थानिय सरकार कस्तो छ भने पाटि मैत्री । उद्योमी कुन हो बेरोजगार कुन हो यद्योग कस्तो हो ,अनुदान कस्तालाई दिने भन्ने धारणा नभएर पाटिका कार्यक्रर्ता पोष्ने नै स्थानीय सरकार को काम भएको छ । साच्चै स्थानीय सरकार हो भने त जनता चिन्न पर्यो नी ? जनताले के चाहान्छ के गर्नु पर्छ भन्ने बुझन नसक्ने स्थानीय सरकार सरकार नै हैन ।
    म भन्छु सरकार भनेको जनताले चाहे जस्तो हुनु पर्छ । कोभिड १९ बाट कती युवा बेरोगार छन त्यसको भिजन छ सरकार संग कमसेकम युवा परिचालन गरोस स्वारोजगारमुलक कार्यक्रम गरोस बास्तवीक अनुदान खाने यूवाका लागि दियोस अनुदान पाटि नहेरी काम गरोस जनतालाई केहि भए पनि सन्तुष्टि दियोस र स्वारोजगारमुलक कार्यक्रम लिएर सवै युवाहरुलाई स्वारोजगार बनाओस भन्न चाहान्छु । बाध्यताले विदेस जाने युवाहरुका लागि स्थानिय सरकारले आफ्नै ठाउंमा काम गर्ने र पैसा कमाउने बातावरण यूवाहरुका लागि मिलाउनु आवाश्यक छ ।
    मान्छेलाई आवाश्यकताका आधारमा काम दिनु पर्छ कुनै तालिम दियो भने तालिम मात्र हैन तालिमको सिप बाट स्वारोजगार बन्ने बाताबरण स्थानिय सरकारले ध्यान दिनु पर्छ ।
  • अन्तमा तपाइको चाहाना र उदेश्य के छ ।
    मेरो चाहाना केहि छैन मैले पैसा कमाएर घर घडेरी जोड्ने मात्र नभएर कमाएको केहि पेैसा सामाजीक काममा लागाउने चाहाना छ । र मैले गरिरहेको छु वार्षिक २ लाख जति मेरो सहयोग रहन्छ । मैले आफैले दुख पाएर आउको मान्छे भएको हुनाले कसैको दुख मैले हेर्न सक्दैन । दुखि पिडित र समस्या परेकाहरुलाई सधै मेरो सहयोगलरहन्छ । आफ्नो व्यावसायिक काम संगै समाज सेवा र उद्योगलाई निरन्तरता दिदै प्यूठानको उत्कृष्ट उद्योग बनाएर धेरै युवाहरुलाई यहि उद्योगमा रोजगार दिने ठुलो रहर छ ।
+ posts