जुम्रीमा उत्पादित दालमोठको माग धेरै उद्योगीहरुलाई चिन्दैन स्थानीय सरकार
 २१ फाल्गुन २०७७, शुक्रबार

जुम्रीमा उत्पादित दालमोठको माग धेरै उद्योगीहरुलाई चिन्दैन स्थानीय सरकार

   ७ कार्तिक २०७७, शुक्रबार ०४:३३ प्रकाशित

मधुसुदन पोख्रेल
प्यूठान,
प्युठान विभिन्न कारणले पछी परेको क्षेत्र हो । भौगलिक हिसाबमा प्यूठान पछी परेकै हुंदा यहाँ विभिन्न उद्योगधन्दा व्यवसाय धरासयमा देखिन्छन् । सुरुमा गर्न लागे जस्तो गर्ने र पछी गएर हराउँदै जाने यहाँंका अधिकांस उद्योगहरु बन्द हुन पुग्छन्। सरकारले त उद्योग खोल्नु पर्छ भनेर सोच नै बनाउदैन तर कुनै व्यक्तिगत लगानीमा व्यक्तिले संचालन गरेका उद्योगहरुलाई सरोकारवालाले चासो नदिंदा बन्द हुने स्थितीमा पुगेका हुन्छन् । स्थानीय सरकारले अनुदानका कार्यक्रममा होस अथवा कुनै व्यवसायिक तालिमका विषयमा होस राजनीतिक भागवन्डाका कारण उत्पादन भएका उद्योगहरु केही समय संचालन भए पनि बन्द हुने र सीमित ज्यान पाल्ने बाटोको रुपमा भएको देखिन्छ ।
जिल्लामा कुनै कच्चा पदार्थ नपाईने हुनाले जिल्ला बाहिरबाट ल्याउनु पर्ने बाध्यता,र स्थानीय सरकारको सल्लाह नहदाँ उद्योग फस्टाउन नसकेको उद्योग संचालकहरु बताउछन् । उद्योगमा लगानी गर्नु पर्छ जिल्लालाई स्वरोजगार बनाउनु पर्छ भन्ने स्थानीय सरकारको मानसिकता नै नहुदाँ पनि यस्तो समस्या देखिएको सरोकारवाला बताउछन् ।

डेड वर्ष देखि प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा दोलमोठ उद्योग संचालन गर्दै आएका प्रकाश नेपाल शाहले दोलमोठको माग पूर्ति गर्न सक्नु भएको छैन् । जिल्लाको जुम्री वसपार्क नजिक डेड वर्ष देखि मायांदेवी दालमोट उद्योग संचालन गरी गुणस्तरीय दालमोट उत्पादन गर्दै आउनु भएका शाहले लगानीको कमि र जनशक्ति अभावका कारण धेरै उत्पादन गर्न नसकेको बताउनुहुन्छ । २८ लाख रुपियाँ लगानी लगाएर दालमोठ उद्योग संचालन गरेको शाहले बताउनुभयो । उत्पादित दालमोठको माग धेरै छ शाहले भन्नु भयो “हामीले प्यूठान लगाएत छिमेकी जिल्ला रोल्पा,दाङ,सल्यान,रुकुम गुल्मी, निर्यात गर्छौ तर माग अनुसार पुर्ती गर्न सकेका छैनौ ”
आर्थिक लगानी लगाउन नसक्नुका कारण उत्पादनमा बृद्धि गर्न नसेकोको शाहको भनाई छ । धेरे ऋण थेग्न नसक्नुले सोचेअनुसार उत्पादन हुन नसकेको उहाँले बताउनुभयो । शाहले उद्योग संचालनका लागि हाल २ जना कर्मचारी राखेर काम गरिरहनु भएको छ । बढी लगानी लगाउन नसकेकोले माग पुरा गर्न सकिएको छैन शाहले भन्नु भयो “कच्चा पदार्थ बाहिर बाट ल्याउनु पर्ने र आर्थिक कमीकै कारण उद्योग फस्टाउन सकेको छैन ”। हाल सम्म उद्योगमा मुना नम्कीन ,दालमोठ,पिरो भुजा,फुरनदाना उत्पादन हुन्छ । एकल लगानीमा उद्योग संचालन गरेका शाहले स्थानीय सरकारले केही सरोकार राखे प्यूठान नगरपालिका भित्रका १० जना कर्मचारीलाई रोजगारी दिन सकिने बताउनुभयो ।
स्थानीय सरकारले अनुदानका कार्यक्रममा राजनीति भागबन्डा गर्दा बास्तविक उद्योगहरु फस्टाउन सकेका छैनन् । स्थानीय सरकारसंग पटक पटक आग्रह गर्दा समेत कुनै चासो नदिएको शाहले गुनासो गर्नुभयो । १४ वर्ष भारतका विभिन्न ठाउँमा काम गरेर आफ्नै भूमिमा उद्योग संचालन गर्नु भएका शाहले उद्योग फस्टाउन र कच्चा पदार्थ धेरै ल्याउन सके प्यूठान जिल्लाको नमुना उद्योग गराउन सकिने अपेक्षा लिनुभएको छ । नेताहरुको चुनावी प्रचार र आश्वासनले वाक्क पर्नु भएका उहाँ भन्नुहुन्छ, सरकार साच्चै आफ्ना पाटिका कार्यकर्ता पाल्नकै लागि अनुदानका कार्यक्रम ल्याउने गर्छ तर बास्तविक उद्योगहरु चिन्न सक्दैन ।
उहाँले सञ्चालन गरेको उद्योग डेढ वर्ष पुग्दा समेत स्थानीय सरकारको आँखा उद्योग तर्फ फर्किएको छैन् । संचालन गरेको उद्योगमा लगानी लगाउन सके र उत्पादनमा वृद्धि गर्न सके केही युवाहरुले रोजगार पाउन सक्थे । शाहको सोच अनुसार स्थानीय सरकारले हौसला दिए पनि उद्योग फस्टाउनमा टेवा पुग्ने उहाँको बुझाई छ ।
कोभिड १९ संक्रमणका कारण यतिबेला धेरै यूवाहरु बेरोजगार छन्। स्थानीय सरकारको कार्यक्रता पोस्ने कार्यक्रमले यस्ता उद्योग संचालकहरु धरासायीमा परेका छन् । केही गर्न खोज्नेका लागि स्थानीय सरकारले लिएका कागजका कार्यक्रम व्यवहारमा लागु गर्न सके जनताले रोजगार पाउने र जिल्लाको आयमा बृद्धि हुने जानकारहरु बताउछन् । जिल्लामा दालमोठ जस्तै साबुन उद्योग,अल्लो उद्योग,चप्पल उद्योग,जस्ता उद्योगहरुमा राम्रो लगानी लगाउन सकेमा प्यूठान जिल्लाको चिनारी मात्र नभई जिल्ला आत्म निर्भर समेत हुने जानकारहरु बताउछन्। उद्योग संचालन र विकासका लागि स्थानीय सरकारले आयमुलक कार्यक्रममा लगानी लगाउन सकेमा सच्चीकै आत्मनिर्भर प्यूठान बन्ने थियो कि ? यस्ता उद्योग संचालनमा टेवा पु¥याउन स्थानीय सरकारको बेलैमा ध्यान पुगोस् ।

+ posts