तरकारीले कृष्णलाई दिएको खुसी
 २१ फाल्गुन २०७७, शुक्रबार

तरकारीले कृष्णलाई दिएको खुसी

   ७ कार्तिक २०७७, शुक्रबार ०५:५७ प्रकाशित

अावाज पाेष्ट

कार्तिक , ७ 
प्युठान , बारीभरी तरकारी देख्दा त्यहां पुग्ने जो कोहीलाई पनि आन्नद मिल्छ । झन आन्नद र खुसी मान्दै हुनुहुन्छ आफ्नै बारीमा तरकारी फलाउनु भएका कृष्ण भण्डारी । माण्डवी गाउंपालिका वडा न ३ दारिमचौरका भण्डारीले अफ्नै ८ रोपनी बारीमा फुलगोपी, बन्दा गोपी, टमाटर,आलु र अन्य तरकारी खेती गर्दै आउनुभएको छ ।
लोभलाग्दो तरिकाले कृष्णको बारीमा यतीबेला फुल गोपी फुलिरहेका छन् । उत्पादन राम्रो भएपछी खुसी हुदै कृष्ण आजभोली तरकारी बारीमै व्यस्त हुनुहुन्छ । उमेरले ४६ वर्ष पुग्नु भएका भण्डारीले २५ वर्षकै उमेरबाट तरकारी खेती गर्दै आएको बताउनुभयो । गौंै र मकै बाट खासै फाइदा नहुने देखेपछी सोही बेमौसमी तरकारी खेती गर्न थालेको बताउनु भयो । बारीमा तरकारी संगै रमाउदै गर्नुभएका भन्डारीले भन्नु भयो “ तरकारी खेतीबाट म खुसी छु छोराछोरीलाई पढायौं खान लाउन यसैबाट पुगेको छ हाम्रो जीविका चलेको छ । ”
भण्डारीले सवै तरकारीका बेर्ना आफै उत्पादन गर्ने बताउनुभयो । तरकारी बेचेरै सवै खर्च कटाएर वार्षिक दुईलाख भन्दा बढी पैसा बचत गर्ने गरेको उहाँको भनाई छ । तरकारी खेती गर्नका लागि आफ्नै छोराछोरी र श्रीमती को पनी साथ छ । खेतीयोग्य भुमीमा व्यवसायीक खेती राम्रो हुने गरेको उहांको भनाइ छ । तरकारीको माग धेरै छ तर भनेजती अझै उत्पादन गर्न नसकेको भण्डारीले बताउनुभयो । तरकारी खेती गर्नका लागि जिटको संस्था आएको थियो देखाउन चितवन, मदन पोखरा लगेको थियो त्यहांको उत्पादन देखेर मैले पनि गर्न सक्छु भन्ने प्रेरणा जागेर तरकारी खेती गर्न लागेको भण्डारीको भनाई छ ।
तरकारी अझै बढी उत्पादन गरी प्यूठान जिल्लालाई पुर्याउने उदेश्य छ भण्डारीले भन्नुभयो “ स्थानिय सरकारले पनि किसानका लागि राम्रा कार्यक्रम लिएर हामी कृषकका लागि तालिम तथा हौसला दिए पनि खुसी लाग्ने थियो तर खै हामीले उत्पादन गरेका बस्तुहरु विक्रि गर्ने सहज बातावरण मिलाइदिए पनि केहि राहत हुने थियो ।”
भण्डारीले उत्पादन गरेका केही तरकारीहरु कोभिड १९का कारण बन्दाबन्दी चलेको समयमा खेरा गएको बताउनुभयो । भन्डारीलाई आधुनिक तरीकाले खेती गर्न रहर छ । उहांले भन्नु भयो खेती गर्ने भए व्यवसायिक रुपमा खेती गरौं जग्गा बाचों नराखौ मेहनत गरौ गरेपछी सफल अवश्य भइन्छ । उत्पादित बस्तुमा बिचौलियाहरु छिर्न नदिनका लागि स्थानी सरकारले कृषिमैत्रि कार्यक्रम ल्याउनु पर्ने भण्डारीको माग छ । स्थानीय सरकारले कम्तीमा पनि किसानका घर घरमा गएर किसानका गुनासा समस्या सुनिदिनु पर्छ युवाहरुलाई कृषिमा लाग्न प्रेरित गराउनु पर्छ तव मात्र प्युठान जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन संभव हुने भन्डारीको भनाई छ ।
प्युठानमा उत्पादीत तरकारी भन्दा बाहिरबाट आउने तरकारीले बजार पाउने किसानहरुको गुनासो छ । माण्डवी गाउँपालिकाको मर्कावाङ,पनि तरकारीका लागि पकेट मानिन्छ । किसानले उत्पादन गरेका तरकारीहरुले बजार पाउदैनन् बीचमा बिचौलियाले गर्दा कृषकलाई घाटा रहेको गुनासो किसान बाट सुन्न पाईन्छ । माण्डवी सरकारले यो विषयमा गंभिरता पूर्वक सोच्नु पर्ने देखिन्छ ।
कृषियोग्य भूमिमा किसानलाई व्यवसायिक खेतीमा लागाउनु पर्ने र युवाहरुलाई कृषिमा लाग्न प्रेरेरित गरेमा मात्र कृषिमा क्रान्ती ल्याउन सकिन्छ । भण्डारी जस्तै अन्य किसानका लागि पनि स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम अगाडि लिएर अनुदानका कार्यक्रममा राजनीतिकरण नगरी साच्चीकै कृषि गर्न खोज्ने किसानका लागि अनुदानका कार्यक्रम दिएर अगाडि बढांउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर गर्न सकिने जानकारहरुको बुझाई छ ।

 

 

+ posts