बालबालिकामा कोभिड १९को प्रभाव र उनिहरूकाे आवश्यकता
 १६ मंसिर २०७७, मंगलवार

बालबालिकामा कोभिड १९को प्रभाव र उनिहरूकाे आवश्यकता

   ७ कार्तिक २०७७, शुक्रबार ०६:३० प्रकाशित

प्रेम िवश्वकर्मा
आफ्नो व्यक्तित्व बिकास आफै गर्न नसक्ने कलिलो उमेरका बालक वा बालिकालाई बालबालिका भनिन्छ। हामिले सुन्ने पनि गरेका छौ बालबालिका काचो माटो हो,जस्तो पनि बनाउन सकिन्छ। यो गर्भावस्ता देखि १८ बर्ष सम्मको यो संवेदनशील उमेर समूह मानव समुहको निकै महत्त्वपूर्ण उमेर समूह हो। सबै शारीरिक बनावट देखि ८० प्रतिशत मस्तिष्कको विकास पनि यहि उमेर समुहमा हुने भएकाले मानव जातिको महत्त्वपूर्ण उमेर समुहका रुपमा लिइन्छ । यसर्थ बालबालिकालाई कसैले पनि सजिलै आफू जस्तो बनाउन सक्छ,त्यसैले बालबालिकाको लालनपालन,हेरचाह र सिकाई बालमैत्री हुनु पर्दछ।
यसका लागि समाजको नै बालमैत्री हुनु पर्दछ। अहिलेको बिश्व विषम परिस्थितिमा गुज्रिरहेको छ।संसार नै अक्सिजनमा कार्बनडाइअक्साइड मिसिएको जस्तो भएको छ। यस्तो समयमा बालबालिकाको मनोविज्ञानमा प्रभाव नपर्ने त कुरै भएन। यस्तो समयमा बालबालिकाहरु हैरान भएका छन।केही मनोरञ्जन चाहन्छन,उनिहरु पहिलेको जस्तै वातावरण चाह्न्छ्न ।कसैबाट केही नयाँ र सहज बाताबरणको लागि उपाय खोजेका हुन्छन।सजिलो संग समय वितोस भन्ने चाहन्छन। आफ्ना कुरा सबैले सुनेर मनन गरून् भन्ने चाहन्छन। समुदायमा निर्भए भएर हिड्न चान्छन । आनन्दले स्वच्छ श्वास फेर्न चाहन्छ्न। एउटा ठूलो हरियो चौरमा खुल्ला आकाश मुनि सिरसिर हावामा आनन्दले झुम्न चाहन्छन। आफ्ना सहपाठीहरु संग बनभोज जान खोजेका छन। सहपाठी सँग लडिबुडी गर्दै खेल खेल्न चाह्न्छन। विधालयमा संगै बसेर खाजा खान चाहन्छन। अनेकौ उपनाम काले,सिंगाने,खैरे,डल्ले,भ्यागुते इत्यादि भनेर सहपाठीलाई जिस्काउने मौकाको खोजिमा छन। आफनै समुदाय र परिवारमा सुरक्षित वातावरणको खोजिमा छ्न ।
बालबालिकाहरुले यस्ता उल्लेखित मनोभावनाहरु राखेका हुन्छन। तर के साच्चै यो विषम परिस्थितिमा यो सबै बालबालिकाले पाएका छन त? कदापी छैनन,किनभने हामिले बालबालिकाको कुरा पनि के सुन्नु सबै हामिले भनेकै सबै ठिक हुन्छ,यिनका लागि हामिले नै सबै राम्रो सोचेका हुन्छौ भन्ने भ्रममा हामी बाचिरहेका छ। बालबालिकाले आफ्नो योजना आफै बनाउन चाहन्छन,आफ्नो व्यक्तिगत अधिकार ,इच्छा र योजनामा अरुको हस्तक्षेप र अतिक्रमण उनिहरुले पटक्कै राम्रो मान्दैनन आफ्नो योजना आफै बनाउन चाहन्छन। त्यसैले यो कोभिड महामारीमा पनि सवै कुरा बालमैत्री तरिकाले सम्झाएर,बुझाएर आफ्नो योजना आफै बनाउ भनेर बालबालिकालाई नै दिनु पर्छ।
अहिले धेरै बालबालिकाहरु आत्महत्या गरेका छन,यसको मुख्य कारण साथी नपाएर अनेकौ कुरा मनमा खेलेर हो,अनेकौ कुरा सोच्दा सोच्दै आत्महत्या सबैले गर्छन केहो होला ?गर्दा के हुन्छ भनेर अनेकौ बिचार मस्तिष्कमा ल्याइरहदा गरेर हेरौ न भन्ने र घरमा फेरि त्यही अनुसारको बालमैत्री वातावरण नहुनाले दिनप्रतिदिन यो महामारीको समयमा बाल आत्महत्या बढिरहेको छ ।
बालबालिकाहरु दैनिक नयाँ कार्य नयां बस्तु इत्यादि खोजी रहेका हुन्छन । केही नयां भए हुन्थ्यो भन्ने चाहन्छन। घरमा सधै झै पढ्पढ भन्ने दबाब अभिभावकबाट आइरहेको हुन्छ जसकारण बालबालिका डिप्रेसनमा गइरहेको हुन्छन अनि आत्महत्याको सिकार बन्छन।
डिप्रेसनमा गएको बेला के गर्ने भन्ने कुराको ज्ञाननै हुदैन अनि अनेकौ प्रलोभनमा परि नरपिचासरुपि मानवबाट बलत्कृत हुनुको साथै मृत्युको बरण समेत गर्न वाध्य भएका छन।
म के भन्छु भने बालबालिकाको हरेक क्रियाकलाप पोजिटिभ र नेगेटिभ दुबैको क्रेडिट अभिभावकले ल्याउनु पर्छ र जिम्मेवार पनि अभिभावक हुन । किन भने यस्तो समयमा आफ्नो छोराछोरीलाई कसरी सुरक्षित बनाउने भन्ने दायित्व अभिभावकको हो।छोराछोरीलाई मन नै छैन तर पढ्पढ भनेर इरिटेड बनाइरहेको कयौं उदाहरण छन । सारा संसारका बालबालिकालाई बचाउने कि डिप्रेसनमा लैजाने भन्ने मुख्री जिम्मा पनि अभिभावक र उक्त समुदायको हो त्यसैले पहिले अभिभावक अनि परिवार अनि समुदाय बालमैत्री बन्नु पर्दछ।
अहिले बालबालिकालाई कोरोना भन्ने बित्तिकै हाउगुजी छ । निकै डराएका अवस्थामा छन। यस्तो समयमा जे सुकै नकारात्मक डिसिजन पनि गर्न सक्छन त्यसैले दबाबमा होइन बालमैत्री व्यवहारमा आफ्ना छोराछोरीलाई हुर्काउन र कोभिडको महामारीबाट बचाउन सबै अभिभावकहरुलाई हार्दिक अनुरोध गर्दछु।
अहिले सबै अभिभावकको एउटै चिन्ता छ छोराछोरीको पढाइ भएन स्कुल खुलेन स्कुल जान पाएनन तर आफ्ना छोराछोरी सुरक्षीत छन,यो समयमा घरमै राखौ घरमै बालमैत्री वातावरण तयार गरौ भनेर हामिले सोच्नै सकेका छैनौ। बालबालिका आफै त कोरिनाको कारण विचलित भएका छन यस्तो समयमा उनिहरुलाई स्कुलको पढाई होइन थप हेरचाह निगरानी र मायाममताको आवश्यकता भन्ने कुरा हामिले कहिले बुझ्ने ?बालबालिकाले के चाहिरहेका छन भनेर कहिले सोच्ने? के बास्तवमै बालबालिका विद्यालय जान खोजेका छन त? भनेर कहिले बुझ्ने। एउटा चेतनशील अभिभावक कहिले बन्ने इत्यादी प्रश्न सधै उठ्ने गर्दछ ।
बालबालिकाको मनोभावना केवल एउटा सचेत अभिभावकले नै बुझेको हुन्छ। बालबालिकाले के चाहेको हो,उसको मनसाय के छ भन्ने कुरा बालमैत्री अभिभावकले मात्र बुझेको हुन्छ। बालबालिका जिद्दी स्वभावका हुन्छन तर जिद्दी संगै उदार हृदय कोमल मानवताले भरिपुर्ण हुन्छन।त्यसैले यो संवेदनशील समयमा उनिहरुलाई अझ धेरै हेरचाहको खाचो रहेको छ।
आफै त बालबालिका उनिहरुलाई के थाह यो समयमा के कसरी गर्ने,कसरी समाजमा घुलमिल हुने भनेर, उनिहरु अवोध हुन्छन। त्यसैले अहिले उनिहरुलाई स्कुलको पढाइ होइन अभिभावकको बालमैत्री हेराइको खाचो छ ।
बालमैत्री भन्नाले बालबालिकालाई मित्रवत व्यवहार गर्ने हो,जसरी हामी आफ्नो साथिहरुसँग घुलनशिल छौ त्यसरी नै आफ्ना छोराछोरीको नजिकको पात्र बन्नुलाई बालमैत्री भनिन्छ । बाल शखा र बालशखी बन्नु नै बालमैत्री हो।
अतःयो प्रतिकुल समयमा बालबालिकालाई स्कुलको पढाइ होइन जीवन रक्षा र संघर्षको शिक्षाको आवश्यकता छ ।

+ posts