यसपालिकाे दशै सुरक्षित मनाअाैं
 १६ मंसिर २०७७, मंगलवार

यसपालिकाे दशै सुरक्षित मनाअाैं

   ७ कार्तिक २०७७, शुक्रबार ०६:३९ प्रकाशित

कार्तिक ७ प्यूठान

हिन्दु नेपालीहरुको महान पर्व दशै भित्रिसकेको छ । घटस्थापना देखी सुरु हुने दशै पर्व यसपली खासै चहलपहल देखिदैन् । कोभिड १९ को महामारीका कारण सदाको दशै जस्तै नभएर यसपालीको दशै कोरोना दशै हुने देखिन्छ । बाहिरी मुलुकबाट आफ्नो देशमा पर्किनु भएका दाजुभाई दिदी बहिनीहरु यसपालिको दशै जहां छौ तेहिबाट सुरक्षीत संग मनाऔं ।
हाम्रो देशमा कोभिड १९ को प्रभाव दिनानु दिन परिरहेको छ । दैनिक हजारौंको संख्यामा कोरोना संक्रमितका बिरामीहरु थपिरहेका छन् । मृत्यूहुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । कोरोनाबाट टर्न नसकेका विकसित मुलकहरुले समेत हार खाइसकेका छन् । नेपालमा पनि सरकार कोरोना रोकथाम तथा न्यूनिकरण अभियानमा हात झिकिसकेको छ । विषम परिस्थितीमा सरकारले हात झिकि सक्यो भने अब हामीहरुले आफ्नो सुरक्षा आफैगर्नु पर्ने देखिएको छ । चाडवार्डको समयमा विभिन्न मठ मन्दीर मेला भेला तथा जम्मा हुने काम नगरौ कोरोनाबाट सुरक्षीत रहन घरमै परिवार संग दशै मनाऔं दुख साटासाट गरौ घरमै पारिवारीक नांचगान गरौं । ससुराली माइत नगरी स्वास्थ्य सुरक्षा पालना गरौ फोनबाटै आशिर्वाद साटासाट गरौं वाचें नौलाख देख्न सकिन्छ । यसपालिको कोरोना दशै सुरक्षीसंग मनायौं अर्को दशै हर्ष लिएर आउने छ । त्यसैले यो पर्वमा देखा सिकि नगरी आफ्नो गक्ष अनुसार रमाउन सिकौं जे छ तेसैमा रमाऔं । मौलिक परमपरा अनुसार दशैलाई स्वागत गरौं र मनाऔं ।
यो महामारीको समयमा सक्यौ भने आफै जानौं नभए भनेको मानौं रोग आफ्नो हुदैन रोग भनेको जो कोहीलाई पनि लाग्न सक्छ रोग लागेर थै भनेर बस्न भन्दा रोग लाग्न नदिन सबैठाउंमा चेतना समयमै छरौ र सुरक्षीत बसौं । जहां छौ त्यहीबाट खुसी साटासाट गरौ यसपालिको दशै आफ्नै ठाउंबाट हर्षका साथ भड्किलो र चड्किलो नबनाई मनाऔं । सम्पुर्ण नेपालीजन तथा प्यूठानबासी जनसमुदायहरु पृयापाठक वर्गहरु विज्ञापनदाता एवम शुभचिन्तकहरुलाई विजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।।

 

 

+ posts