घाइते बालिकाकाे उपचारका लागि पालिका अध्यक्षकाे पहलमा अार्थिक संकलन
 १६ मंसिर २०७७, मंगलवार

घाइते बालिकाकाे उपचारका लागि पालिका अध्यक्षकाे पहलमा अार्थिक संकलन

   ७ कार्तिक २०७७, शुक्रबार ०९:०९ प्रकाशित

गिता गाैतम कार्तिक ७ प्युठान 

भिर बाट लडेर घाइते भएकी जिल्लाको माण्डवि गाउँपालिका वडा न २ मर्कबाङ्ग ढिकाबन निबासी १३ वर्षिया बालिका कृष्णा घर्तीको उपचारको लागि गाउँपालिकाका अध्यक्ष शिरधर रोकाको सक्रियतामा आर्थिक संकलन सुरु भएको छ । बालिका बिगत ४ महिना देखि ओछ्यानमै थला परेकि छिन । गत असार ५ गते घाँस काट्न जाने क्रममा भिर बाट करिब ७५ मिटर तल खस्दा हात ,खुट्टाका हड्डि , मेरुदण्ड लगाएत शरीरका सम्पुर्ण अंग सोहि दिन देखि अचल अबस्थामा रहेको छ ।

आर्थिक अवस्था कमजोर भएका बुबा शिर बहादुर घर्ती र आमा बालिका घर्तिकि छोरी कृणाको दुर्घटना हुना साथ उपचारका लागि उनलाई बुटवल स्थित अस्पतालमा लगिएको थियो । त्यहाँ निको हुने सम्भावना नदेखिए पछि थप उपचारका लागि अस्पतालले उनलाई भैरहवा मेडिकल कलेज रिफर गरेको थियो । करिब २ हप्ताको अबधिमा बालिकाको उपचारका लागि बाबु आमाले घर जग्गा धितोमा राखी भिङ्री कृषि बिकास बैंक बाट रु ३ लाख ५० हजार ऋण लिई ,सरसापटि लिएर र राप्ती यातायात ब्याबसायिक समिती दाङले सहयोग स्वरुप प्रदान गरेका केही रकम , छरछिमेकिले रु ४५ हजार सहयोग स्वरुप संकलन गरेका थिए । अस्पतालले अझै २ महिना भर्ना गर्नुपर्छ भन्दै गर्दा त्यति रकमले नपुग्ने भए पछि घरपरिवारले बालिकालाई फिर्ता लिएका थिए ।सोही समयमा रु ५ लाख ८८ हजार खर्च भैसकेको थियो ।

यस्तै केही दिन अघि अध्यक्ष रोकाले आफ्नो सामाजिक संजाल फेस्बुक मार्फत आर्थिक अवस्था कमजोर भएका कारण बालिका ओछ्यानमै थला परेको अवस्थामा देखा परेको भन्दै आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने घरपरिवारलाई प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । साथै उहाले सबैले बालिकाको उपचारमा सहयोग गर्न अपिल समेत गर्नुभएको छ । बालिकाको अवस्था अहिले नाजुक अबस्थामा छ । अब उनको उपचारको लागि जे जति खर्च लाग्छ ,उक्त रकम गाउपालिकाले उपलब्ध गराउने अध्यक्ष रोकाले बताउनुभयो । उनको दशै लगत्तै उपचार हुने घरपरिवारलाई अध्यक्षले प्रतिबद्धता जाहेर गर्नुभएको बुबा शिर बहादुर घर्तीको भनाई छ ।

साथै अध्यक्षको अनुरोधलाई मनन गर्दै अहिले सम्म देश तथा बिदेस बाट करिब रु ३ लाख बराबरको रकम संकलन भै सकेको छ र केही रकम बालिकाको अभिभावक लाई हस्तान्तरण गरिएको अध्यक्षको भनाई छ ।

+ posts