विद्यार्थी नेता श्रेष्ठकाे जन्मदिन सहिद परिवारसँग
 १६ मंसिर २०७७, मंगलवार

विद्यार्थी नेता श्रेष्ठकाे जन्मदिन सहिद परिवारसँग

   १० कार्तिक २०७७, सोमबार ०६:३२ प्रकाशित

अावाज पाेष्ट , कार्तिक १०   प्युठान । अनेरास्ववियुका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का जिल्ला कमिटी सदस्य सुमन श्रेष्ठले आफ्नो जन्मदिन एक शहिद परिवारलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ ।

प्युठान नगरपालिका-८ गेजबाङ्ग स्थित शहिद नमा विकको परिवारलाई नगद ८ हजार रुपियाँ आर्थिक सहयोग गरेर जन्मदिन मनाउनुभएको हो । विद्यार्थी नेता श्रेष्ठले नमाको आमा पुतला विकलाई उक्त रकम घरमै पुगीहस्तान्तरण गरेको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सहिद प्रतिस्ठान प्युठानका अध्यक्ष कृस्ण घिमिरे, वडा नम्बर ८ का वडा अध्यक्ष लिलापसिंह केसी लगाएत युवा तथा विद्यार्थी नेताको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको जनाईएको छ ।
आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई जन्मदिनको फजुल खर्च गर्नुको सट्टा केही राहत मिल्ने आशा सहित रकम हस्तान्तरण गरिएको हो । आज नेपालीहरुको महान पर्व विजयादशमी समेत रहेकाले आफुले दिएको उक्त रकमले परिवारलाई केही सहजता मिल्ने विद्यार्थी नेता श्रेष्ठले बताउनुभयो ।

+ posts