अंपाग अधिकारी दम्पतीका लागि घर निर्माण सुरु
 ९ माघ २०७७, शुक्रबार

अंपाग अधिकारी दम्पतीका लागि घर निर्माण सुरु

   १५ कार्तिक २०७७, शनिबार ०२:२४ प्रकाशित

अावाज पाेष्ट
प्युठान, १५ कार्तिक ।माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउका अपांग (दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य सुरु भएको छ । माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ्ग ढाडका सामाजिक अभियान्ता हरी बस्नेतको नेतृत्वमा घर निर्माण कार्य सुरु गरिएको हो । केही समय पहिले घर निर्माणका लागि घडेरी निर्माण गरेपनि शुक्रवारदेखी जग बसाली घर निर्माण कार्य थालनी गरिएको अभियान्ता बस्नेतले बताउनुभयो ।
अधिकारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले अभियान्ता बस्नेतले विभिन्न संघसंस्था, विभिन्न व्यक्तिहरु स्थानीय जनसमुदायबाट सहयोग जुटाएर घर निर्माण थालनी गर्नुभएको हो । सुरुमा बस्नेत आफैले घर निर्माणका लागि थालेको अभियानमा स्थानीय समुदायका केदबहादुर कार्कीको संयोजकत्वमा समिती निर्माण गरि आर्थिक समेत जुटाईएको थियो ।
घर निर्माणका लागि विभिन्न क्षेत्रबाट हालसम्म करिब ३ लाख रुपियाँ रकम संकलन भएको छ । त्यस्तै घर निर्माणमा आवश्यक जस्तापाता, ग्रिल सामाग्री, पेन्ट, निर्माण सामाग्री, शौचालयको आवश्यक सामाग्री, विद्युत वाईरिङ सामाग्री, ढुवानीका लागि टिप्पर, ६० बोरा सिमेन्ट , पर्दा कार्पेट उपलब्ध गराउने विभिन्न संघसंस्था तथा व्यक्तिले प्रतिबद्धता जनाएको अभियान्ता बस्नेतले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका अधिकारी दम्पतीलाई नयाँ घरमा बस्ने अभियानलाई साकार बनाउन विभिन्न निकायको सहयोगमा घर निर्माण थालिएको हो, अभियान्ता बस्नेतले भन्नुभयो,–‘आउने तिहारसम्म नयाँ घर निर्माण गर्नेछौं।’ अभियान्ता बस्नेतले अधिकारी दम्पतीको घर निर्माणका लागि अन्य सहयोगीदातालाई सहयोगका लागि समेत आग्रह गर्नुभएको छ ।

+ posts