प्युठान नगरपालिका युवा क्लवको संयोजकमा पाठक
 ९ माघ २०७७, शुक्रबार

प्युठान नगरपालिका युवा क्लवको संयोजकमा पाठक

   १५ कार्तिक २०७७, शनिबार १२:०७ प्रकाशित

आवाज पोष्ट
कार्तिक १५ प्यूठान
प्युठान नगरपालिकामा आज यूवा क्लब गठन गरिएको छ । नगरपालिकाको पहिलो भेलाले हेमन्तराज पाठकको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । जसको सहसंयोजकमा मिरा नेपाली, सचिव सुशील पाण्डे, सहसचिव शारदा जिसी, कोषाध्यक्ष सागर सुनार चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रामबहादुर थापा, कमल केसी, राजेन्द्र जिएम, अनिता सुनार, खेतुलाल न्यौपाने लगाएतका रहनुभएको छ । जसको ईन्चार्जमा जगतबहादुर धामी र सहईन्चार्जमा ताराबहादुर घर्तीमगर चयन हुनुभएको छ । त्यस्तै जिल्ला प्रतिनीधिमा मधुसुदन पोख्रेल , गणेश भुसाल र सञ्जीता पाण्डे चयन हुनुभएको हो ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भेला तथा समिति गठन कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरप्रमुख कक्षपतिले सामाजिक रुपान्तरणका लागि यूवा क्लब गठन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले समाजमा विभिन्न प्रकारका विकृतीहरु बढिरहेकाले यसलाई रोक्नका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘समाजका विकृती हटाउन यूवाहरु सकृय हुनुपर्दछ ।’ नगरक्षेत्रमा यूवा क्लबलाई सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख कक्षपतिको भनाई छ ।

। जिल्लाका ९ वटै स्थानीय तहका यूवाहरु एकिकृत  हुदै छन ।। जनतालाई सरकारसंग र सरकारलाई जनतासंग जोड्दै चेतनशिल समाज निर्माणका लागि यूवाहरु एकिकृत हुन थालेको तदर्थ यूवा क्लब प्युठानका संयोजक प्रकाश वि.क. ले बताउनुभयो । स्थानीय तहले गर्ने हरेक विकास निर्माणका कार्यक्रममा यूवाहरुलाई अर्थपूर्ण सहभागी बनाउन, यूवाहरुलाई स्वालम्वन संगै स्वरोजगार बनाउन, राज्यले के दियो हैन मैले राज्यलाई के दिए भन्ने भावना यूवाहरुमा जगाउन यूवाहरु एकिकृत हुन थालिएको उहाँले बताउनुभयो ।
त्यस्तै समाजमा हुने कुरितीहरु, छुवाछुत, अन्दविश्वास, महिला बालबालिकामा हुने हिंसा, पीडाहरु अन्त्य गर्न लगाएत सुसुक्षित र सुशासनयुक्त समाज निर्माणका लागि कानुनी रुपमा यूवाहरु एकिकृत हुन थालेको संयोजक वि.क.ले बताउनुभयो ।
पहिलो चरणमा जिल्लामा तदर्थ समिति गठन गरी स्थानीय तहमा समिति गठनको प्रक्रिया अगाडी बढेको छ । यस पूर्व भएका यूवा सञ्जालहरु सकृय नभएपछि जिल्लामा यूवासञ्जालको आवश्यकता महसुस भएपछि यूवाहरुलाई एकिकृत गर्ने अभियान थालिएको हो । जसअनुसार हालसम्म गौमुखी, नौवहिनी, झिमरुक, मल्लरानी, ऐरावती गाउँपालिका र स्वर्गद्धारी र प्युठान नगरपालिकामा यूवा क्लब गठन गरिएको तदर्थ समिति सदस्य प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।
स्थानीय तहमा १३ देखी १५ सदस्यीय समिति गठन गरिएको छ । जसमा ईन्चार्ज, सहईन्चार्ज, संयोजक, सहसंयोजक, सचिव, सहसचिव , कोषाध्यक्ष र अन्य सदस्यहरु रहने व्यवस्था छ । स्थानीय तहबाट जिल्ला अधिवेशनका लागि तीन जना सदस्य समेत छनोट गरिएको छ । जिल्लाका दुई पालिकामा समिति गठन गर्न बाकीँ छ सदस्य विश्वकर्माले भन्नुभयो,–‘अबको केही दिनमा हामी ती पालिकामा समिति गठन गर्नेछौँ ।’ स्थानीय तहको गठन प्रक्रिया सकिएपछि जिल्ला प्रतिनीधिहरुको सल्लाह अनुसार विधान तयार गर्नुका साथै जिल्ला स्तरमा समिति गठन गरि क्लब दर्ता गरिने उहाँले बताउनुभयो ।

+ posts