पातिहाल्ना स्वास्थय चौकि भबन शिलान्यास
 ९ माघ २०७७, शुक्रबार

पातिहाल्ना स्वास्थय चौकि भबन शिलान्यास

   २६ कार्तिक २०७७, बुधबार ११:४८ प्रकाशित

गिता गाैतम कार्तिक ,२६ प्युठान 

प्युठान नगरपालिका वडा न १० को पातिहाल्ना स्वास्थ्य चौकीको आफ्नै भबन निर्माण हुने भएको छ । बुधबार प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले वडा न १० का वडा सदस्य ,लगाएत ३० जनाको उपस्थितिमा भवनको शिलान्यास गर्नु भएको हो ।
प्रदेश सरकारको ५० प्रतिशत र स्थानीय सरकारको ५० प्रतिशत सहित जम्मा ३७ लाखको लागतमा भवन निर्माण कार्य थालिएको पातिहाल्ना आधारभुत स्वास्थ चौकिका इन्चार्ज निलम शर्माले जानकारी दिनुभयो । हालसम्म स्वास्थ चौकीबाट दिइने सम्पुर्ण सेवा सुबिधा कोपिला बाल बिकास पातिहाल्नाको भबनबाट मासिक दुई हजारको दरले कोठा भाडा तिरेर सेवा दिइरहेको शर्माको भनाई छ ।
भवन बनाउनको लागि स्थानीय गिर बहादुर खडकाले आफ्नो बाबू कर्ण बहादुर खडकाको सम्झनामा २ रोपनी जग्गा उपलब्ध गराएका छन । भवन निर्माणका लागि निर्माण समिती सङ्ग भएको सम्झौता अनुसार भवन निर्माण कार्य आ.ब२०७७ पुस मसान्तासम्ममा सम्पन्न हुने निर्माण समितिका अध्यक्ष तेज बहादुर खडकाले बताउनुभयो ।

+ posts