पाठकले गरे गरिब परिवारलाई खाद्यान्न सहयोग
 ९ माघ २०७७, शुक्रबार

पाठकले गरे गरिब परिवारलाई खाद्यान्न सहयोग

   १५ मंसिर २०७७, सोमबार ०८:११ प्रकाशित

मधुसुदन पाेख्रेल
मंसिर १५,प्यूठान
जन्मदिनको अबसरमा युवा सामाजिक अभियानता एवम प्यूठान नगरपालिलका स्तरिय युवा क्लवका संयोजक हेमन्त पाठकले आर्थिक सहयोग गरेका छन । प्यूठान नगरपालिका ३ जुम्री निवासी पाठकले आफ्नो जन्मदिनको अवसर पारी प्यूठान नगरपालिका ३ ओखरवोटका चन्द्र बहादुर सुनारको परिवारलाई खाद्यन्न सहयोग गरेका हुन । आफ्नो जन्म गाउँमा आर्थिक स्थीती कम्जोर भएका सुनारको परिवरलाई २५ केजी चामल चार के जी दाल, एक केजी तेल र एक केजी नुन सहयोग गरेको पाठकले बताए । जन्मदिनमा अनेक प्रकारका भजुल खर्च कटाएर आफ्नै गाउंका गरिव तथा विपन्न परिवारलाई सहयोग गरेको पाठकको भनाई छ । पठकक पछिल्लो समय सामाजिक सेवाका कार्यमा व्यस्त देखिन्छन । पाठकले आफ्नो जन्मदिन गरिव परिवारसंग मनाउन पाउदा खुसि व्यक्त गरेका छन ।
ओखर बोटका चन्द्र सुनारको परिवार ज्याला मजदुर गरेर छाक टार्ने गर्दछन । काम भएको समयमा काम गर्छन, काम नभए घर व्यवाहार चलाउन समस्या हुने गरेको सुनारको भनाइ छ । खर्च भएको समयमा त भइहाल्यो नभएमा पसलबाट उदारो ल्याउने गर्दछौ सुनारले भने “घरमा उत्पादित खाद्यन्न दुई महिनाको लागि पनि पुग्दैन जनतना चलाउनु परेको छ ” । ६० वर्ष पुगेका सुनारको श्रवणशक्तीमा समस्या रहेको छ । सुनार गाउँमा संचार आदान प्रदान गर्ने कटुवाल समेत गर्दछन । गाउँमा कटुवाल गरेवापत सुनारको परिवारले एक घरबाट वार्षिक एक सय रुपैयाको दरले रकम उठाउने गर्दछन । त्यो गरेवापत उनको परिवारलाई छेउ समेत लाग्दैन । सुनारको परिवारमा श्रीमती ४ छोरी २ छोरा को परिवार छन । जेठि छोरीको विहे भैसकेको सुनारले बताए बाकि छोरा छोरी आधारभुत तहमा अध्ययन गर्दैछन ।


सुनारकी माहिली छोरी पोवी सुनारले आर्थिक अभावकै कारण पढ्न छाडेको बताइन । उनले भनिन बा आमा बुढा बुढी हुनु भयो काम गर्न सक्नु हुन्न भाइ वहिनीको चिन्ता लाग्छ कसैले काम दियो भने मैले काम गर्छु ।
आर्थिक अभाव भएका सुनारको परिवारलाई गाउँबाट पनि सक्दो सहयोग गरेको समाजिक अगुवा एवम स्थानीय समाजसेवी तिलक सुनारले बताए ।
पछिल्लो समय फरक ढंगबाट युवाहरुले आफ्नो जन्मदिन मनाउने गरेका छन जन्म दिनमा गाउंका गरिव तथा विपन्न परिवार संग मनाउनु पर्छ भन्ने युवाहरुमा बढी देखिन्छ । गरिव तथा विपन्न परिवारलाई स्थानिय सरकारले पनि विशेष खालका कार्यक्रमहरु संचालन गरे गरिव तथा विपन्न परिवारको समस्या खुसीमा परिणत हेने स्थानीय अगुवाहरु बताउछन।
आवाज पोष्ट डटकम को तर्फबाट समाचारदाता हेमन्त पाठकलाई जन्मदिनको शुभकामना ।।

 

 

+ posts