अब गाउँ गाउँमा बन्ने भयो अस्पताल, प्युठानमा पनि भवन शिलन्यास
 ९ माघ २०७७, शुक्रबार

अब गाउँ गाउँमा बन्ने भयो अस्पताल, प्युठानमा पनि भवन शिलन्यास

   १५ मंसिर २०७७, सोमबार १३:४३ प्रकाशित

आवाज पोष्ट
मंसिर १५ प्यूठान
सोमबार देशभर ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरिएको छ । सरकारले विभिन्न गाउँ तथा नगरपालिकामा स्वास्थ्य क्षेत्र पहुंच तथा वृद्धी गर्नका लागि योजना अघि सारेपछी देश भर एक पटक अस्पताल शिलन्यास कार्यक्रम राखेको हो ।
त्यस्तै आज प्युठानमा पनि अस्पताल शिलन्यास गरिएको छ । प्युठानको ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र मल्लरानी गाउँपालिकामा १५÷१५ शैयाको अस्पताल निमार्णको लागि भवनकाे  शिलान्यास गरीएको हो ।
अस्पतालको शिलान्यास प्युठान क्षेत्र २ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काको प्रमुख अातिथ्यता मा गरिएको हो । कार्यक्रममा बोल्दै खड्काले गाउंपालिका स्तरमा हुने अस्पतालले पालिकाबासीहरुलाई स्वास्थ क्षेत्रमा ठुलो सहयोग पुग्ने र पालिकाकै बिकासमा समेत मद्दत पुर्याउने बताउनुभएको छ । स्वास्थ्य क्षेत्र महत्व पुर्ण भएको भन्दै खड्काले गाउँका नागरिकले गाउँमै स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त समेत गर्नु भएको छ ।
पालिका भित्रै स्वास्थ्य सेवाको पहुंच हुने भएको हुदा जो कोहिले पनि स्वास्थ्य क्षेत्रबाट वन्चीत हुन नपर्ने सरकारवालको बुझाई छ ।
अस्पताल शिलन्यास कार्यक्रममा विभिन्न पालिकाका का प्रमुख , जिलला समोन्वय प्रमुख तथा प्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि , विभिन्न सरोकारवाला निकायहरु लगाएतको उपस्थीतिमा अस्पतालको शिलन्यास गरिएको गरिएको हो

 

+ posts