अपाङ्ग दम्पतीलाइ गिरी वर्दस मोटर पार्टसबाट आर्थीक सहयोग
 २१ फाल्गुन २०७७, शुक्रबार

अपाङ्ग दम्पतीलाइ गिरी वर्दस मोटर पार्टसबाट आर्थीक सहयोग

   १९ पुष २०७७, आईतवार १२:२७ प्रकाशित

awajpost

पौष १९ प्युठान ।
माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउका अपांग(दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माण कार्यका लागि गिरी वर्दस मोटर पार्टसबाट आर्थीक सहयोग भएको छ । प्युठान नगरपालिका ८ धर्माबती, टाकुरा निवासी मोटर पार्टसका संचालक बिष्णु कुमार गिरि बाट पाचहजार रुपैया सहयोग भएको घर निर्माण अभियानको नेतृत्व गरिरहनु भएका एवम युवा समाजसेवी हरी बस्नेतले बताउनु भयो ।
दम्पतीको घर निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका ब्यक्ति र समुदायस्तरबाट आर्थिक सहयोग भैरहेको पनि बस्नेतले बताउनु भयो । तिहार अघी काम सम्पन्न्न गर्ने उदेश्य राखेता पनी प्राविधिक समस्याका कारण ढिलाइ भएको बस्नेतको भनाई छ । विभिध समस्याका बावजुद काम अन्तीम चरणमा छ बस्नेतले भन्नु भयो, “अव छिटैनै घर निर्माणको लागत सार्वजनिक गर्ने तयारी पनि गरेका छौ ” ।

४५ वर्षिय एकराज र उहाँकी ४६ वर्षिय श्रीमती रेसमा अधिकारी दम्पती जन्मजात अपांगता (बोल्न नसक्ने) हुनुहुन्छ । अधिकारी दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षिय आकाश अधिकारी कक्षा ९, माईलो छोरा १२ वर्षिय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षिय करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । दम्पतीको परिवार ज्याला मजदुर गरेर गुजारा चलाउने गरेका छन ।
अधिकारी दम्पतीको आफ्नै घर नहुदा उनका भइको घरमा बस्दै आएका थिए । अव आफ्नै घर बनेपछी खुसी भएको अधिकारी दम्पतीको भनाइ छ ।

 

+ posts