कर्मचारी छनोट प्रकृयामा राजनीतिकरण
 २१ फाल्गुन २०७७, शुक्रबार

कर्मचारी छनोट प्रकृयामा राजनीतिकरण

   १९ पुष २०७७, आईतवार १३:०५ प्रकाशित

पौष १९ प्यूठान
गत पौष १० गते प्यूठान नगरपालिका वडा न ६ को कार्यलयले कार्यलय सहयोगिका लागि सुचना प्रकाशन गर्यो । सामान्य लेख पढ गरेको स्थानिय व्यक्तिले आवेदन दिन आवाहान गरेको सुचनामा वडा भित्रका ४७ जनाले निवेदन दिएका थिए ।

एक हप्ते सुचना जारी गरेको वडा कार्यालयले पौष १८ गते सो पदका लागि परिक्षा समेत गराएको थियो । सुचनामा सामन्य लेखपढ गर्ने व्यक्तिले निवेदन दिन सक्ने भन्ने सुचनामा उल्लेख छ ।
सुचना अनुसार गलत ढंगले परिक्षा गरेको र छनोट गर्दा पार्दर्सी रुपले नगरेको भन्दै उमेद्धारहरुले परिक्षा रद्ध गर्ने र पुन परिक्षा गराउनका लागि वडा कार्यलयमा निवेदन दिएका छन । परिक्षा गराउने क्रममा चिट चाेराउने र आफ्नो मान्छे हेरेर निकालेको उमेद्धार रमेश पुनले बताएका छन । पुनका अनुसार छनोट प्रकृयामा योग्यो व्यक्तिलाई हटाएर राजनीति तवरले छनोट गरेको पुनको भनाई छ ।


उता परिक्षा राम्रै तरीकाले गर्न खोजेको हो तर प्रस्न पत्र निकाल्ने एवम छनोट समितिले अलीकती धादली गरी गल्ती गरेको वडा अध्यक्ष कमान सिंह पुनले बताए । उनीहरुले जे गरे पनि आफु कतै तिर नलागेको पुनको भनाई छ । सामन्य कार्यलय सहयोगी छनोटमा पनी राजनिती गर्ने खोजेको भन्दै उमेद्धारहरु आक्रोसीत भएका छन

+ posts