किसानले गर्दै आएको संघर्ष निकै महत्त्वपूर्ण – प्रसान्त सी

झापा । नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.ले पञ्चायत कालदेखि किसानले गर्दै आएको संघर्ष निकै महत्त्वपूर्ण भएको बताउनु भएको छ ।अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, झापाको दोस्रो जिल्ला बैठकमा प्रमुख प्रशिक्षण राख्दै उहाँले सो कुरा बताउनु भएको हो ।

महासंघका केन्द्रीय संयोजक कालिबहादुर सी. ले भौगोलिक हिसाबले नेपाल संसार कै उत्कृष्ट देश हो जहाँ संसारको जुनसुकै बिउ उत्पादन गर्न सकिने भएपनि राज्यले व्यवस्थापन गर्न नसक्दा देश कंगाल बनेको बताउनु भयो । किसानहरुलाई समसामयिक बिषयमा सुशुचित गर्नका लागि महासंघले पूर्व – पश्चिम – उत्तर – दक्षिण किसान जागरण अभियान सञ्चालन गरिरहेको पनि उहाँले  बताउनुभयो

वैज्ञानिक भूमिसुधार लागू गराउन, स्वदेशी उत्पादनको बजारीकरण र स्थायी मूल्य निर्धारण गराउन र विदेशी आयात रोक्नका लागि संघर्ष गर्ने लगायत निर्णय बैठकले गरेको छ । त्यसैगरि मल, बीउ, औषधि, स्वदेशमै उत्पादन गरी अनुदानमा उपलब्ध गराउन पनि संघर्ष गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले डिल्ली गुरागाईको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।बैठक महासंघका झापा जिल्ला संयोजक डेगनाथ गुरागाईको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.को प्रमुख आतिथ्यता र महासंघका केन्द्रीय संयोजक कालिबहादुर सीको विशेष उपस्थितिमा बैठक सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation