मोर्चा बैठकमा रिपोर्टिङ सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिहरुद्वारा रिपोर्टिङ राख्ने काम सम्पन्न भएको छ । आजदेखि काठमाडौंमा बसेको सातौं पूर्ण बैठकले सो काम गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी. को प्रमुख आतिथ्यतामा बसेको बैठकमा मोर्चाका अध्यक्ष रामलाल सी. द्वारा ७ बुँदे राजनीतिक प्रस्ताव पेस गरिएको छ । सबै प्रदेश, जिल्ला र विभागहरुको विस्तृत रिपोर्ट राख्ने काम समेत भएको छ ।

शनिबार रिपोर्टमा उठेका प्रश्नहरूको जवाफ सहित समसामयिक विषयमा प्रमुख अतिथि प्रकाण्ड सीद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको कुरा मोर्चाका महासचिव त्रिलोचन सी. ले जानकारी दिनुभएको छ । बैठकमा मोर्चाका उपाध्यक्ष जितेन्द्र सीलाई मृगौला उपचारका निम्ति सचिव तथा नेकपा कास्की जिल्ला सेक्रेटरीद्वारा ५ हजार सहयोग हस्तान्तरण पनि गरिएको छ ।

बैठकले मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन गर्ने र जातीय मुक्ति संघर्षको विषयमा महत्त्वपूर्ण निर्णय गरिने अपेक्षा रहेको बताइएको छ । बैठक शनिबारसम्म चल्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation