![](http://awajpost.com/wp-content/uploads/2023/08/IMG-20230824-WA0003.jpg)
झापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.ले राष्ट्रघाती MCC कुनै पनि हालतमा कार्यान्वयन हुन नदिइने बताउनु भएको छ । पार्टीको पूर्वघोषित केन्द्रीय कार्यक्रम अनुसार आज बिर्तामोडमा भएको एमसिसीको पुत्लादहन कार्यक्रममा विरोध मन्तव्य राख्दै उहाँले सो कुरा बताउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी, झापाले बिर्तामोडमा एमसिसीको पुत्लादहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पुत्लादहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपनि शान्तिपूर्ण कोणसभा कार्यक्रम भने सम्पन्न भएको छ । कार्यक्रममा युवाहरूले अर्धनग्न शरीरमा No MCC, Go Back MCC, दलालहरु होसियार समेत लेखेर प्रदर्शन गरेका छन् ।
कार्यक्रममा नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा झापा जिल्ला सेक्रेटरी सञ्जय सी.ले राष्ट्रघाती एमसिसीका विरुद्ध उत्रिन सबैलाई आग्रह समेत गर्नुभयो । विर्तामोडको मुक्ति चोक लगायत स्थानमा बुधबार विरोध ब्यानर राख्ने काम गरिएकोमा प्रशासनले हटाएको कुरा उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रघाती MCC सम्झौता खारेज गरौं !, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकताबद्ध बनौं ! लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएको छ । पार्टीले आज देशभर पुत्लादहन कार्यक्रम सम्पन्न गरेको कुरा नेकपा केन्द्रीय सदस्य तथा पूर्वी मेची ब्युरो इन्चार्ज सुमन सी.ले जानकारी दिनुभयो ।
नेकपाको पूर्वघोषित कार्यक्रमहरु निम्नअनुसार रहेको छ :
१) भदौ ६ गते देशव्यापी एमसिसी विरुद्ध वालिङ
२) भदौ ७ गते एमसीसीको पुत्ला दहन
३ भदौ ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन
४) भदौ ९ गते गाउँगाउँमा जागरण प्रचार
५) भदौ १० गते देशव्यापी जनप्रदर्शन
६ भदौ ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तक्रिया
(७) भदौ १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तक्रिया ।