काठमाडौं । अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमै निधन भएको छ ।
स्वास्थ्यमा असहज आएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार राति विष सेवन गरेकी उनलाई अत्यधिक विष सेवनको कारण मृत्यु भएको संचारमाध्यममा उल्लेख गरिएको छ । स्रोतका अनुसार उनले ब्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि ऋणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन् ।