विप्लव निकट युवाद्वारा मेनपावर घेराउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले बसुन्धाराको एक मेनपावर कम्पनीमा दबाब स्वरूप आज घेराउ कार्यक्रम गरेको छ ।

दर्जनौं युवाहरूबाट पैसा अशुल्ने र अलपत्र पर्ने काम गरिरहेको हुँदा मास्टर जब प्रालिलाई संगठनले घेराउ गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष दिनेश सीले गैरकानुनी रूपमा उज्बेकिस्तान पठाउने बाहानामा ठगी गर्ने मेनपावरलाई चेतावनी स्वरुप घेराउ गरेको र अटेरी गरेको खण्डमा कडा कार्वाही गर्ने बताउनु भएको छ ।

संगठनको अगुवाइमा पीडित सहित संयुक्तरूपमा मेनपावर घेराउ गरिएको बताइएको छ । एक हप्ता भित्र पीडितलाई न्याय दिनको निम्ति प्रदर्शनकारीले अल्टिमेटम दिएका छन् । उक्त कार्यक्रमको चौतर्फी सह्राना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation