बुटवल । साम्राज्यवादले क्रान्तिको हरेक स्टेपमा भ्रम पार्न खोज्ने हुँदा सबैलाई सचेत हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी. ले आग्रह गरेका छन् । नेपाल अहिले क्रान्तिको अन्तिम स्टेपमा रहेको र साम्राज्यवादले राष्ट्रपतीय प्रणालीको भ्रम पार्न खोजेको कुरा उनले स्पष्ट गरे ।
राष्ट्रपतीय प्रणाली अन्ततः संसदीय व्यवस्था भएकोले वैज्ञानिक समाजवाद स्थापना नगरीकन देश र जनताको मुक्ति नहुने कुरामा उनले जोड दिए । देश चौतर्फी संकटमा छ र यसको निकासका निम्ति क्रान्ति बाहेक अर्को विकल्प नरहेको कुरा उनले स्पष्ट गरे ।
बुटवलमा आयोजित नेकपा, पूर्वी लुम्बिनी ब्युरोको प्रशिक्षण कार्यक्रममा विषमले उक्त कुरा बताएका हुन् । ब्युरोस्थित जिल्ला समिति सदस्यहरु सहभागी उक्त कार्यक्रममा प्रमुख अतिथी विषमले पार्टीको आवधिक योजनामा सक्रियताका साथ लाग्न सबैलाई निर्देशन समेत दिए ।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो केन्द्रीय समिति बैठकले ५ वर्षका निम्ति प्रत्येक ६ महिने आवधिक योजना बनाएको कुरा समेत कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य धिरज सी. ले परिपत्र र प्रतिनिधि सदस्य विश्वास सी.ले राजनैतिक प्रतिवेदन वाचन गरेका छन् ।
नेकपाका पोलिट ब्युरो सदस्य प्रज्वलन सी.को अध्यक्षता, केन्द्रीय सदस्य शरद सी.को सञ्चालन र केन्द्रीय सदस्य कमल सी.को स्वागतमा कार्यक्रम सम्पन्न भएको छ ।