काठमाण्डौ। श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य रामलाल सी.ले अहिलेको जनविरोधी दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका निम्ति पत्रकारितालाई पनि माध्यम बनाउनुपर्ने बताए । मोर्चाको केन्द्रीय प्रकाशन विभागले आज काठमाण्डौमा आयोजना गरेको पत्रकारिता सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सी.ले सो कुरा बताएका हुन् ।
मोर्चा प्रकाशन विभागका सदस्यहरुलाई पत्रकारिताको आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाचार लेखन, पत्रकार आचारसंहिता लगायत विषयमा अभिमुखीकरण गरिएको हो । एकदिने उक्त कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्य शोभराज बराल, लेखक तथा पत्रकार जेबी बिक, मोर्चा प्रकाशन विभागका केन्द्रीय अध्यक्ष निशान सी. लगायतले अभिमुखीकरण गरेका हुन् ।
कार्यक्रममा मोर्चाका केन्द्रीय महासचिव त्रिलोचन सी.ले परिवर्तनका निम्ति पत्रकारितालाई अनिवार्य अवलम्बन गर्नुपर्ने बताए । मोर्चाका केन्द्रीय प्रकाशन विभाग प्रमुख निशान सी. को अध्यक्षता र मोर्चा केन्द्रीय सचिवालय सदस्य विक्रम सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रकाशन विभागका १२ जना सदस्यहरुको सहभागिता रहेको थियो ।