कास्की । कम्युनिष्ट पार्टिद्वारा फाल्गुन सहिद सप्ताहलाई देश व्यापी रूपमा मनाईएको छ । सहिद सप्ताह फागुन १४ देखि २१ गतेसम्म मनाउने गरिन्छ । सहिद सप्ताहलाई अन्तरक्रिया, सम्मान कार्यक्रम ,घरदैलो-भेटघाट राखी दश बर्षिय जनयुद्धमा आफ्नो जिवन सुम्पिनुहुने सम्पुर्ण सहिद, बेपत्ता, घाईते अपाङ्ग प्रति गहिरो सम्मान प्रकट गरेर मनाउने गरिन्छ । हरेक वर्ष मलाईने यस सप्ताह गण्डकि प्रदेशको कास्की तनहुँ र लम्जुङमा पनि नेपाल कम्युनिष्ट पार्टिको आयोजनामा समापन भएको छ ।
कास्कीमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन द्वारा सहिद सप्ताहको उद्घाटन सहिद स्मृति आवासिय विधालयमा शैक्षिक सामाग्री तथा फलफुल वितरण गरि भएको थियो । कास्कीमा आयोजना गरिएको अन्तरक्रिया सहितको सम्मान कार्यक्रममा ३७ जना सहिद बेपत्ता परिवारको उपस्थीति थियो । उद्घोषण सँगसँगै क. सोममायाले फाल्गुन १४ गते प्रधानमन्त्री स्वयं माओवादी केन्द्रका अध्यक्ष्य पुष्प कमल दहाल”प्रचण्ड’ लाई बुझाएको ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो ।
सम्पुर्ण परिवार जनमा अविर – दोसल्ला सहितको सम्मान पछि अन्तरक्रिया मा“अब कम्युनिष्ट एक ठाउँमा आई अधुरो सपना पूरा गर्नुपर्छ, आन्दोलन अघि बढाउनुहोस अगाडि गोलि हामी थाप्छौ” भन्दै आसा सँगै को आट नेकपाका नेता-कार्यकर्तालाई दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि ने.क.पा कास्की इन्चार्ज क.उभार ले सहिद -बेपत्ता परिवार गालि गरेनि अमृत सरह बन्छ र कान्ति लाई अमर बनाउछ। कास्कीमा सहिद बेपत्ता परिवार एकै ठाउँमा जम्मा गरिएको सायद यो दशक पछि होला तर परिवारजन निमन्त्रणा स्विकार्दै आउदा, सल्लाह गुनासो साटासाट हुँदा ,हिम्मत दिदाँ खुशी लागेको कुरा बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा पश्चिम् गण्डक इन्चार्ज क .राजनले “हामी पनि त्यही समय पार गरेर आएको हो । सहिद प्रति सम्मान छ तर यदि आज सहिदको सुचिमा परेको भएपनि राजनैतिक चलखेल देख्दा बेकार हुने थियो जस्तो लाग्छ। बलिदान भनेको क्रान्तिको परिवर्तनको खम्बा हो सहिद, बेपत्ता घाईते अपाङ्ग सबैले साथ दिनुहोस सपना पुरा गरेर नै छाड्छौ । एकता अनिवार्य छ छलफल हुँदैछ “भन्दै आफ्नो भनाइ राख्नुभयो ।
अन्त्यमा कास्की सेक्रेटरी क. काजीले सम्पुर्ण सहिद बेपत्ता परिवारलाई प्रथममा निमन्त्रणा स्विकार्दै उपस्थित हुनुभएकोमा र दोस्रोमा अन्य राजनैतिक दलको सम्मान अस्वीकार गरेपनी ने क पा कास्कीद्वारा आयोजित कार्यक्रममा सम्मान स्विकार गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभयो । आयोजक टिम सबैलाइ कार्य सफलताको धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो । त्यसै गरि लमजुङ र तनहुँमा घर दैलो कार्यक्रम लिएर सहित – बेपत्ता सँग भेटघाट ,सम्मान प्रकट आदी द्वारा सहिद सप्ताह भव्य रूपमा मनाईयो ।