![](http://awajpost.com/wp-content/uploads/2023/02/FB_IMG_1676860073461.jpg)
पृथ्वी लोहार, कैलाली
एनसेलले ७२ अर्ब रुपैयाँ विदेशी कम्पनी लुटेर देशलाई कंगाल अवस्थामा पुर्याउँदै गर्दा सरकार र सरकारका मातहतमा रहेका व्यक्तिहरुको मौन बसेको हामीले देखेकै हौं । इण्डियाबाट मानिसहरु ल्याउँदै नागरिकता वितरण गरेर संसद भवन भित्र विदेशीहरुलाई पुर्याँदा पनि हामी सरकार र सरकारको मातहतमा रहेका व्यक्तिहरू मौन भयर बस्ने । हाम्री छोरी-चेलीहरुलाई बलात्कार गरेर हत्या गर्दा पनि सरकारमा बसेका व्यक्तिहरू मौन हुने ।
विदेशी कम्पनी एनसेल जस्ता कम्पनीहरुले हाम्रो देश लुटिरहेको छ भनेर आवाज उठाउँदा प्रतिबन्ध लगाएर अन्य राजनीतिक गतिविधि पनि गर्न नदिने । कम्यूनिष्ट सरकार दुईतिहाई बहुमतको सरकार भन्छ तर नवराज विश्वकर्मा जस्ता व्यक्तिहरुले प्रेम गरेकै भरमा मर्न पर्यो । कता छ न्यायालय ?
नेपाललाई नेपालवाद तिर लगेर नेपाल राष्ट्र र राष्ट्रियताको हकअधिकार प्राप्तीको निम्ति नेपाली जनताको निम्ति नेपाली युवा विदेश खाडी ४५/ ५० डिग्री तापक्रममा आफ्नो ज्यान लाई बाजीमा राखेर रेमिट्यान्सबाट देश चलाउने युवाहरूको निम्ति नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवश्यक भएको छ र भईरहने छ ।
व्याख्यात्मक टिप्पणी गरेर एमसिसि पास गर्छौ भने राष्ट्रघाती सम्झौता गर्नेहरूको एक-एक गर्दै हिसाब किताब गरेर संसद भवनबाट थुतेर आवश्यक परे पनि संसद भित्रबाटै थुतेर, लात्ती-लात्तीले पिटेर देशनिकाला गर्नको लागि राष्ट्रघाती सम्झौता गर्नेहरुको औंला काट्न र लखेट्नको लागि नेपाल कम्युनिस्ट पार्टीको उदय भएको र हुनेछ ।
५ वर्ष लगाएर डिग्री पास गरेका युवाहरु खाडी मुलुक तिर युरोप अमेरिका अस्ट्रेलिया तिरर बिक्री भइरहेको देशको अर्थतन्त्र बाहिर विदेशमा जाने प्रवृत्ति रोक्नको लागि, नेपाललाई वैज्ञानिक समाजवादतिर लैजानको लागि नेपाललाई वैज्ञानिक देश बनाउनको लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो ।
अत्याचार हत्या हिंसा बलात्कार को अन्त्य गर्छौं भनेर आवाज उठाउँदै हिड्ने रबि जस्ता विदेशी अमेरिकी साम्राज्यवादको इशारामा चल्ने व्यक्तिहरु नभएर जस्ता व्यक्तिहरुको नभएर देशको विकल्प भनेको वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्ति हो भन्ने कुरो जबसम्म नेपाली देश र जनताले बुझदैन तबसम्मनेपाल हरेक किसिमका विकासहरु असंभव छ ।
यो पछिल्लो चरणमा विकास हुन्छ भन्ने दलाल, भ्रष्टचारीहरुको हुन्छ, कमिसनखोर हुन्छ, तस्करीको हुन्छ, बलात्कारी हुन्छ । सर्वसाधारण देश र जनताको कहिले विकास हुन सक्दैन । विकास हुनको लागि वैज्ञानिक समाजवाद र नेपाल कम्युनिस्ट पार्टीको खाचो छ । जबसम्म वैज्ञानिक समाजवादको एजेन्डा अगाडि सारेर नेपाल कम्युनिस्ट पार्टीले अवलम्बन गरेको एकीकृत जनक्रान्तीमार्फत क्रान्ति सम्पन्न हुदैन तबसम्म पढ्दै कलेज +२ डिग्री पढ्दै गरेका युवायुवतीहरूले कलेज छोड्नुपर्ने अवस्था, गरिबीले विदेशिनु पर्ने, अवस्था भ्रष्टाचारीले सिमाना नाघ्ने, कमिशनखोर तस्करीले गर्दा मानिसहरुले आत्मदाह गर्नुपर्ने, मेडिकल माफियाहरुले विरामीहरुलाई जिउँदै मार्ने अवस्था दोहोरी रहने छ ।
एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद हो । एकीकृत जनक्रान्ति हो । विकास र परिवर्तन ठुलाठुला कुरा गरेर होईन काम गरेर हुन्छ । उत्पादन गरेर हुन्छ भन्ने सिद्धान्त बोक्ने एक मात्रै पार्टी हो नेपाल कम्युनिस्ट पाटी । नेपाली युवालाई नेपालमै रोजगारीको सृजना गरेर हुन्छ भन्ने जुन किसिमको मनोभावना नेपाल कम्युनिस्ट पार्टीको छ।
यसलाई आम जनसमुदायले साथ दिएर एकीकृत जनक्रान्ति अघि बढाउन मद्दत पुग्दैन तबसम्म रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी, तराईमा नागरिक मुक्ति जस्ता पार्टीहरूको उदय हुनु तराई मधेसमा सिके राउत जस्ता हजारौ व्यक्तिहरुको स्वतन्त्र उम्मेद्वारहरू जति उदय भएपनि यसका संसदीय व्यवस्था भित्र अमेरिकी साम्राज्यवादको व्यवस्थाभित्र, भारतीय विस्तारवादको व्यवस्थाभित्र कहिल नेपालवाद सुरु हुने छैन, जबसम्म हिमालमा यार्सागुम्बाको पढाइ हुँदैन, पहाडमा फलफूलहरूको पढाइ हुँदैन, तराईमा अन्नबाली उत्पादनको पढाई हुँदैन तबसम्म नेपालको विकास सम्भव छैन ।