नदीमा डुबेर एकको मृत्यु

पृथ्वी लुवार

कैलाली । कैलालीको कैलारी गाउँपलिकामा  नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर ७ रामपुरका  ४५ वर्षिय  गणेश चौधरीको मृत्यु हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार बुधवार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीवार मृत अवस्थामा फेला परेका हुन । खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।    स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा बिहीवार उनको शव भेटाएको हो । घटनास्थलबाट मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।