मधुसूदनको बुवाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

कैलाली । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य मधुसूदन सी.का बुवाप्रति मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज शोक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गरेको हो

मोर्चाका अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवार र आफन्तप्रति समवेदना समेत प्रकट गरिएको छ ।

 

मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा (माओवादी) का केन्द्रीय प्रतिनिधि सदस्य मधुसूदन सी.का बुवा देवी बहादुर विश्वकर्माको हृदयघातका कारण उपचारका क्रममा बाँकेस्थित लुम्बिनी प्रादेशिक भेरी अस्पतालमा  आइतबार बिहान ८:४५ बजे ८८ वर्षको उमेरमा निधन भएको हो ।

वि.स. १९९४ सालमा दाङ जिल्ला हालको बङ्लाचुली गाउँपालिका, वडा नं. ३ बछेनीमा जन्मिनुभएका बुवा २०४२ सालमा कैलाली जिल्लामा बसाई सरेर आउनुभएको थियोे । उहाँले जन्माउनु भएमा ६ भाइ छोरा र २ बहिनी छोरीहरुले कम्युनिष्ट माओवादी आन्दोलन र समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation