विप्लव माओवादीको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । आज एक कार्यक्रमका बीच उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

 

संवाद डबलीमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विप्लवले आफ्नो पार्टीले जितेमा नेपालको राज्यलाई अग्राधिकार सहितको संघीयतामा बदल्न प्रयत्न गर्ने बताउनुभयो ।

“स्वाधीनता, आत्मनिर्भरता, समानताका लागि हाम्रो नीति हाम्रो उम्मेदवार, तपाई साथ दिनुस् हामी सेवा गर्नेछौं” भन्ने विप्लवको मुख्य भनाइबाट प्रतिबद्धताको प्रारम्भ गरिएको छ । राजनीति, शासकीय स्वरूप, आर्थिक नीति, सुशासन र मौलिक अधिकार, समाज र संस्कृति, शिक्षा, स्वास्थ्य, रोजगारी, विज्ञान र प्रविधि, परराष्ट्र नीति, सुरक्षा नीति, सन्धि सम्झौता, सूचना तथा सञ्चार नीति, यातायात, पर्यटन, जलविद्युत, खेलकुद, पर्यावरण, सुकुम्बासी मध्यम वर्ग संघर्ष श्रमिक समुदाय, महिला, किसान, भ्रष्टाचार, कालोबजारी, राष्ट्रघाती एमसीसी लगायत बुँदा पत्रमा समेटिएको छ ।

 

कार्यक्रम स्थायी समिति सदस्य को स्वागत मन्तव्य, केन्द्रीय सदस्य विपिन सीको प्रतिबद्धता पत्र वाचन र पोलिट ब्युरो सदस्य माइला सीको सञ्चालनमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation