रास्वपा र नेकपाका केन्द्रीय सदस्य सहित दर्जनौं नेताकार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य महेन्द्र पाण्डे र प्रचण्डका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर रमेश मोक्तान सहित दर्जनौं नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा प्रवेश गरेका छन् ।

शुक्रवार काठमाडौमा भएको धुव्रीकरण कार्यक्रममा उनीहरु विप्लव नेतृत्वको नेकपा (माओवादी)मा प्रवेश गरेका हुन् । रास्वपाबाट धुव्रीकरणमा आउनु भएका नेता पाण्डे हुम्ला जिल्ला निवासी तथा विज्ञान शिक्षक हुनुहुन्छ । उहाँले हुम्लाका करिब ७० प्रतिशत रास्वपाका नेता कार्यकर्ता ल्याएर माओवादीमा प्रवेश गर्नु भएको हो । यस्तै प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीमा रहनु भएका पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर मोक्तान पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।


धुव्रीकरणमा नेपाली कम्युनिष्ट पार्टीसंग सम्वद्ध पूर्व जनमुक्ति सेनाका योद्धा वीर बहादुर तामाङ्ग, सुरेश तामाङ्ग, रञ्जन महर्जन, सुरेश बोगटी, पूर्वी रुकुमका सबिन बुढा लगायतका दर्जनौं नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा (माओवादी)का महासचिव विप्लव सीले फुलमाला र खादा लगाएर भव्य स्वागत गर्नु भयो । नवप्रवेशीहरुले नेपालमा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा विप्लवको नेतृत्वको पार्टीले मात्र देश बचाउन सक्ने देखेको र समाजवादसम्म पुग्ने स्पष्ट खाका देखेकाले माओवादीमा प्रवेश गरेको बताएका छन् ।

 

 

रास्वपाबाट धुव्रीकरणमा आउनु भएका केन्द्रीय सदस्य पाण्डेले सबै रास्वपाभित्रका इमान्दार नेता कार्यकर्तालाई माओवादीमा आउन र सहि बाटो लिन अपिल गर्नु भयो । उहाँले ३ बर्षसम्म रास्वपामा काम गर्दा अन्याय, अत्याचारका विरुद्ध विद्रोह गर्ने आँट रवीले नै दिएको भनाई राख्नु भयो ।

 

 

नवप्रवेशीहरुलाई स्वागत गर्दै विप्लवले भन्नुभयो, “यो सपना देख्ने र नयाँ चाहनेहरुको मिलन हो । आफुले विकास गरेको विचारमा आफै उभिन नसके पछि प्रचण्ड माओवादीको गह्रुङ्गो जिम्मेवारीबाट भागिरहेका छन् । एकताबाट भागेर प्रचण्डले गम्भीर त्रुटि गरेका छन् ।”

स्थायी समिति सदस्य सन्तोष बुढा मगरले प्रचण्डहरु डेट स्पायर औषधि जस्तो भएको र उल्टो रिएक्सन गरिरहेको बताउनु भयो । कार्यक्रम पोलिट ब्युरो सदस्य माइला लामाको सञ्चालनमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation