श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाबाट विविध कामको सिलसिलामा  काठमाण्डाैंमा बसोबास गर्ने श्रमिक समुदायको आज चैत्र ११ गते ललितपुरको इमाडाेलमा आयोजित एक भेलाबाट श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन भएको छ ।

भेलाले विराज ल्वागुनको अध्यक्षतामा १५ सदस्यीय एक समिति गठन गरेको छ । अन्य पदाधिकारीहरुमा तीन जना उपाध्यक्षहरु नवराज बिक., मदन खाती, कुमार गदाल, सचिव दिपेन्द्र रसाइली,
सह-सचिव हिरा ल्वागुन, कोषाध्यक्ष कुमार ल्वागुन र सदस्यहरु कृष्ण गदाल, सन्तोष ल्वागुन, दिपक ल्वागुन, कर्ण घतानी, दिपेन्द्र गदाल, यमरण ल्वागुन, चन्चली ल्वागुन, हिरा ल्वागुन, आशिष ल्वागुन लगायत रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवं श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज  युगीन,  सिन्धुपाल्चोक जिल्लामा कार्यरत पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य द्वय सुमन र सबिन र त्रिपुरासुन्दरी गाउँपालिका प्रतिनिधि सदस्य रमिता बिक. को विशेष उपस्तिथि रहेको थियो ।

कार्यक्रमका अतिथिहरुले श्रमिक समुदायको मुक्ति, नेपाली विशेषताको समाजवाद र समसामयिक राजनीतिक परिस्थितिमा आम नेपाली जनताको भूमिका विषयमा प्रशिक्षणमूलक मन्तव्य राखिएको थियोे । कार्यक्रमको सञ्चालन क. सबिनले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation