बलात्कारमा संलग्नलाई कार्वाही गर्न मोर्चाको माग

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनीमा भएको बलात्कार घटनामा संलग्नहरुलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपाल, कर्णाली प्रदेशले माग गरेको छ । मोर्चाले आज विज्ञप्तीमार्फत सो माग गरेको हो ।

 

प्रदेश इन्चार्ज जनक सीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको भत्सर्ना गरिएको छ । मोर्चाले पीडित बालिकाको उपचार र क्षतिपूर्तिको समेत माग गरेको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ :

दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी गाउँपालिका, वडा नं. ८, भन्डारी गाउँको माथिलो खाडामा स्थानीय तीज नाचगान हेरेर घर फर्किने क्रममा २०८२ साउन २३ गते राति १२:०० बजे १३ की दुर्गा बि क र उनका तीन जना साथीहरू माथि हमला भएकोमा दुर्गाका साथीहरू भाग्न सफल भएको र दुर्गालाई घाइते अवस्थामा दुईजनाले सामुहिक बलात्कार गरेको घटनाप्रति हाम्रो मोर्चा घोर भत्सर्ना गर्दछ । उक्त घटनामा संलग्न भनी प्रहरीले पक्राउ गरेका गोबिन्द शाही र खकी भण्डारीलाई कानुन अनुसार कडा सजाय सहित पीडित बालिकालाई उपचार एवम् क्षतिपुर्तिको माग गर्दछौं ।

जनक सी
इन्चार्ज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation