
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ‘समरका दिन’ संस्मरण पुस्तकको विमोचन गर्नुभएको छ । सहिद परिवार तथा नेपाल कम्युनिस्ट पार्टीका नेतृ शिला यादवद्वारा लिखित उक्त संस्मरणको आज कमलादी स्थित प्रज्ञा भवनमा उहाँले विमोचन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विप्लव सीले जनयुद्धको घटनामा आधारित उक्त पुस्तकका बारेमा टिप्पणी गर्दै भन्नुभयो, “जनयुद्ध सहित एकीकृत जनक्रान्तिको घटनाहरुलाई पनि अबको पुस्तकमा समेट्नुपर्छ ।”
अजबलाल यादव लगायत सहिदहरुको सपना साकार पार्न र अधुरो क्रान्ति पूरा गर्नका लागि अन्तिमसम्म लड्नुपर्नेमा विप्लवले जोड दिनुभयो । अबको क्रान्तिको नेतृत्व पुराना पार्टी र नेताहरुको साथ – समर्थनमा आफुहरुले गर्नुपर्ने समेत उहाँले दाबी गर्नुभयो ।
धनुषाका शिला यादव सहिद अजबलाल यादव कि जीवन संगिनी हुनुहुन्छ । उहाँ जनयुद्ध देखि एकीकृत जनक्रान्तिसम्म निरन्तर संघर्षरत हुनुहुन्छ ।
पुस्तकको बारेमा वरिष्ठ जनवादी कलाकार तथा नेकपा नेता माइला सी, सहिद तथा बेपत्ता परिवार संघका अध्यक्ष एकरात भण्डारी लगायतले टिप्पणी गर्नुभयो । पुस्तकले जनयुद्ध र क्रान्तिका गम्भीर विषयहरुलाई समेटेकोमा सबैले प्रसंशा गरेका थिए ।









