साम्राज्यवाद नाङ्गो ढंगले आइरहेको छ : प्रकाण्ड सी.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी.ले साम्राज्यवादीहरु नाङ्गो ढंगले नेपालको सत्तामा आइरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठकमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले सो कुरा बताउनु भएको हो ।

 

सुशिला कार्की नेतृत्वको सरकार विदेशी शक्ति केन्द्रहरुको डिजाइनमा बनेको हुनाले जनअपेक्षित काम गर्न नसकेको पनि ठोकुवा गर्नुभयो । सरकारको जनविरोधी हर्कत बढाउँदै गयो भने माओवादीको नेतृत्वमा अर्को संघर्ष गर्नुपर्नेमा समेत जोड गर्नुभयो ।

पूर्व माओवादीहरु भित्र ८० प्रतिशत नेताकार्यकर्ताहरु इमानदार भएपनि प्रचण्डको गलत र दोहोरो चरित्रका कारण सबैलाई एकताबद्ध बनाउन नसकिएको बताउनु भयो । अहिले प्रचण्डले माओवाद छोडेर गम्भीर गल्ती गरेको पनि उहाँले जिकिर गर्नुभयो ।

 

 

बैठकका अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले उपस्थित सबैलाई सशक्त तरिकाले काममा लाग्न निर्देशन दिनुभयो । विशेषअधिकार श्रमिक/दलित समुदायलाई आवश्यक परेको हुँदा यो समुदाय विशेष मेहनतका साथ क्रान्तिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

बैठकले माघ १० गते देखि काठमाडौंमा हुने मोर्चाको राष्ट्रिय सम्मेलन व्यवस्थित गर्न आवश्यक काम गर्ने निर्णय गरेको छ । उत्पादनमुखी कामलाई प्रभावकारी बनाउने, जातीय विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, स्वाधीनता र समाजवादका निम्ति निरन्तर संघर्ष गर्ने लगायत बैठकले निर्णय गरेको छ । बागमती प्रदेश इन्चार्ज पदम सी.को अध्यक्षतामा बैठक सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation