ह्यारिसको प्रतिवाद: ट्रम्प प्रशासनको कथित कदमलाई ‘गैरकानूनी’ र ‘मूर्खतापूर्ण’

काठमाडौ – पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको भन्ने दाबीप्रति कडा आपत्ति जनाएकी छन् ।

ह्यारिसले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै “गैरकानूनी” र “मूर्खतापूर्ण” भनेर टिप्पणी गरेकी हहुन् ।

एक सार्वजनिक वक्तव्यमा ह्यारिसले यस्ता कदमले कूटनीतिक तनाव बढाउने मात्र नभई लाटिन अमेरिकामा अमेरिकाको विश्वसनीयतामा समेत गम्भीर असर पार्ने चेतावनी दिएकी छन् । “तानाशाही शासनसँग जुध्ने उपाय कानुनी र बहुपक्षीय हुनुपर्छ, एकपक्षीय र आवेगपूर्ण होइन,” उनले भनिन् ।

ट्रम्प प्रशासनका समर्थकहरूले भने मादुरोमाथि मानवअधिकार उल्लङ्घन र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै कडा कदम आवश्यक रहेको तर्क गरेका छन् । यद्यपि, यस विषयमा आधिकारिक पुष्टि र विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन् ।

विश्लेषकहरूका अनुसार, यो विषयले अमेरिकी आन्तरिक राजनीतिमा मात्र होइन, भेनेजुएलासँगको सम्बन्ध र क्षेत्रीय स्थिरतामा पनि दीर्घकालीन प्रभाव पार्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation