विभेद विरुद्ध अभियान सञ्चालन गर्ने

कास्की । श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी गण्डक ब्युरोले समाजमा विद्यमान जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । शनिबार बसेको ब्युरो बैठकले सो निर्णय गरेको हो । बैठक गोरखाको च्याङ्ली खोला घाटमा सम्पन्न भएको हो ।

बैठकका अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला ईन्चार्ज कपिल सी.ले मुक्तिका निम्ति संघर्षको विकल्प नरहेको बताए । नेकपा केन्द्रीय सदस्य तथा तनहूं जिल्ला ईन्चार्ज निशान सी.ले उत्पीडित वर्ग समुदाय एकजुट भएर लड्न सबैलाई आग्रह गरे ।

नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा गोरखा जिल्ला सचिव जानकी सी र मोर्चा केन्द्रीय सचिव क. उमेश सी. लगायतले स्थानीय स्तरमा भइरहेको जातीय विभेद विरुद्धको अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बैठक मोर्चा पूर्वी गण्डक ब्यूरो संयोजक डम्बरसिं सी को अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा तनहूं , गोरख र लम्जुङ जिल्लाबाट ब्युरो सदस्यहरु सहभागी भएका थिए । बैठकले ३ महिनासम्म निरन्तर संघर्षको अभियान सञ्चालन निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation