आमा वलीप्रति महासचिवद्वारा शोक व्यक्त, प्रवक्ताद्वारा श्रद्धाञ्जली

काठमाण्डौ । नेकपा पोलिट ब्युरो सदस्य आदर्श सी.की आमा टङ्की कुमारी वलीको निधनप्रति महासचिव विप्लवले शोक व्यक्त गर्नुभएको छ । शनिबार एक वक्तव्य जारी गर्दै उहाँले शोक व्यक्त गर्नुभएको हो ।

पार्टीलाई मर्माहत र दु:खी बनाएको भन्दै नेता आदर्श लगायत उनका परिवारजनमा समवेदना पनि वक्तव्य मार्फत प्रकट गरिएको छ । आमा वलीले क्रान्ति र आन्दोलनको क्रममा पुर्‍याएको योगदानको स्मरण र सम्मान समेत वक्तव्यमा प्रकट गरिएको छ ।

शनिबार ८५ वर्षको उमेरमा निधन भएकी आमा वलीको आज पशुपतिस्थित आर्यघाटमा अपराह्न अन्येष्टी गरिएको छ । अन्त्येष्टी गर्नुअघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आमा वलीको पार्थिव शरीरमा नेकपाको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियोे । स्थायी समिति सदस्य अनिल , नेताहरु माइला, कृति लगायत नेकपाका नेताकार्यकर्ताले आमाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे ।

आज बिहान गोदावरी नगरपालिकास्थित न्यौपाने गाउँमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , उपत्यका व्युरो इन्चार्ज कृतिलगायतका नेकपाका नेता कार्यकर्ताले  आमा वलीलाई श्रद्धाञ्जली अर्पण गरेका गरेका थिए ।

आमा वली लामो समयदेखि प्रेसर, सुगरसंगै आन्द्राको क्यान्सरवाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको कान्छो छोरा खकेन्द्र वली जनयुद्धमा कपुरकोटको भिडन्तमा सहिद हुनुभएको थियो । माहिला छोरा लाल बहादुर वली ‘विश्व’ हाल नेकपाको केन्द्रीय प्रतिनिधि सदस्य हुनुहुन्छ ।

जेठा छोरो आदर्श सी. हाल नेकपा पोलिट ब्युरो सदस्य तथा पुर्वी गण्डक ब्युरो इन्चार्ज हुनुहुन्छ ।अमर बहादुर ओली अमृत हाल पार्टी आन्दोलनमा नै हुनुहुन्छ । आमाका ४ भाइ छोराहरु जनयुद्धमा  होमिनु भएको थियो । सबै ५ भाइ छोरामध्ये एक सहिद भएका थिए भने उहाँका ३ छोरीहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation