एक महिनामा २ पटक अधिकृत सरुवा, स्थानीयले गरे नगरपालिका घेराउ

कैलाली । टिकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिनामा २ पटक सरुवा हुँदा स्थानीयले आज नगरपालिका कार्यालय घेराउ गरेका छन् । ३० दिन अगाडि मात्र मंगल बहादुर शाह सरुवा भएर लक्ष्मण कठायत अधिकृत नियुक्ति भएका हुन् ।

महिना दिन नपुग्दै फेरी राजनैतीक पावर लगाएर शाह पुनः नियुक्ती हुने खबर आएपछि स्थानीय भूमिहीन – सुकुम्वासी विरोधमा उत्रेका हुन । शाहले टीकापुरका स्थानीय विकास, निकास र भूमिहीन – सुकुम्बासीले पेश गरेका हरेक निवेदनहरु वास्ता  नगरेको भनेर सरुवा भएका थिए ।

टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आजको कार्यवाहक मेयर  दीपक निशानीले लोकतन्त्रमा सवैको अधिकार भएको विरोध र आन्दोलन गर्न सबैले पाउने हुँदा आजको विरोध र आन्दोलन स्वभाविक भएको बताए ।

कठायतको नियुक्तिसंगै विकास, निकासका कामहरु तीव्र गतिले अगाडि बढिरहेका तीन, चार  किलोमिटर सडकमा माटो पटान देखी ग्राभेलको कामहरु अगाडि बढाइएको छ । शाह फेरी आउने खबर आउन बित्तिकै  भइरहेको काम पनि रोकिएको स्थानीयले बताएका छन ।

विरोध तथा घेराउ बारे बुझ्नको लागि उपस्थित भएका नेकपाका टिकपुर इञ्चार्ज पवन सी.ले दलाल संसदीय व्यवस्थाका दलालहरुले खेल्ने जुहारीले कहिले मेयरले आफ्नो पावर लाएर  कठायत ल्याउने, उपमेयरले आफ्नो पावर शाह ल्याउने जुवारी खेलेर जनतालाई विकासमा बाधक बन्ने प्रकृया बढाउँदै गए आफ्नो पार्टी संघर्षमा उत्रिने चेतावनी दिएका छन ।

विरोध तथा घेराउ टीकापुरमा अवस्थित ७ वटा सुकुम्बासी बस्तीले गरेको सुकुम्बासी बासिन्दा रन वहादुर  बि क वताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation