‘राजनीति फोहोरी खेल हो’ भनी उल्लेख गरिएकोमा इन्चार्जको आपत्ति

कैलाली । कैलालीको एक विद्यालयद्वारा प्रश्नपत्रमा ‘राजनीति फोहोरी खेल हो’, भनी उल्लेख गरिएकोमा अखिल क्रान्तिकारी (विप्लव)का सुदुरपश्चिम इन्चार्जले आपत्ति जनाएका छन् । इन्चार्ज बबरजंग सि.ले फेसबुक मार्फत आपत्ति जनाएका हुन् ।

गौरीगंगा नगरपालिका स्थित भवानी राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा ४ को प्रश्नपत्रमा उक्त कुरा उल्लेख गरेको छ । अंग्रेजी वाक्यलाई नेपालीमा ट्रान्सलेट गर्न प्रश्नपत्रमा उक्त कुरा उल्लेख गरिएपछि इन्चार्जले यस्तो त्रुटि कसैले नगर्न चेतावनी समेत दिएका छन् ।

अखिल  क्रान्तिकारीको पहलमा गौरीगंगा गाउँपालिका, शिक्षा शाखाको ध्यानाकर्षण गराएइको छ। सो विषयमा विद्यालयले गल्ती स्वीकार समेत गरेको कुरा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज महेश पातलीले जानकारी दिएका छन् ।

“भवानी राष्ट्रिय माध्यमिक विद्यालय गौरीगङ्गा, कैलालीले निर्माण गरेको कक्षा ४ को प्रश्नपत्र निकै गम्भीर र खेतजनक छ। हाम्रो संगठन अखिल क्रान्तिकारीले यस्तो त्रुटि कसैले नगर्न चेतावनी दिन चाहान्छ । विद्यार्थीलाई गलत अथ्र्याउनु हुदैन। राजनीति फोहोरी खेल हो भने तपाईं शिक्षकहरु किन राजनीति गर्दै हुनुहुन्छ? सुर्य रातो हुन्छ। भनेर कोले पढाउन भन्यो? यस्ता बिबादास्पद,लज्जास्पद र त्रुटिपूर्ण बिसय  विद्यार्थीको मनस्पटलमा राख्नु ज्ञानको कमि हो। त्यसैले आलोचित हुनुपर्छ। र आगामी दिनमा जिम्मेवार बन्न जरुरी छ”, इन्चार्जले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation